एनआरएनए स्पेनले दसैँतिहारको उपलक्ष्यमा शुभकामाना आदानप्रदान गर्दै


बार्सिलोना। गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनले दसैँ तिहारको उपलक्ष्यमा शुभकामाना आदनप्रदान सहित रात्रिभोज कार्यक्रमको आयोजना गरेको छ। आगामी आईतबार बार्सिलोनामा संघको नयाँ निर्बाचित कार्यसमितिले कार्यक्रमको आयोजना गर्न लागेको हो। 

कार्यक्रममा स्थानीय कलाकारहरुको रमाइलो प्रस्तुति समेत रहने आयोजकले जनाएको छ। दसैँ निकै नजिक रहेको तथा अग्रिम हल बुक नभएकाले यसपटकको कार्यक्रम रेष्टुरेन्टमा रात्रीभोज सहित फरक ढंगले गर्न लागिएको संघका अध्यक्ष दिनेश गुरुङ (देउकाजी) बताउँछन्। गत मंगलबार छैठौ अधिबेशनबाट निर्बाचित नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण भएको थियो। 

कार्यक्रममा सहभागी बन्न स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरु लगायत नेपाली समुदायलाई संघले आह्ववान गरेको छ। 

कार्यक्रमबारे बिबरण:-

मिति:- सेप्टेम्बर २९, आईतबार 

समय :- बेलुकी ७ बजे देखि १२ बजेसम्म 

प्रबेश शुल्क:- २५ युरो (रात्रिभोज सहित),९ बर्ष मुनिका बालबालिकाहरुका लागि निशुल्क 

स्थान:- Carrer de Bac de Roda, 144