अजयले भने मेरो शाहरूख सँग दोस्ती हुदैंन


मुम्बइ,

बलिउड अभिनेता अजय देवगनले शाहरूख खानसँग आफ्नो दोस्ती नहुने बताएका छन्। बीबीसीसँग कुरा गर्दै अभिनेता अजयले यस्तो खुलासा गरेका हुन्।

‘हामी दोस्त होईन, यसको अर्थ यो होईन कि हामी दुस्मन हौं । उनी मेरो कामको इज्जत गर्छन्, म उनको कामको ईज्जत गर्छु ।’ प्रदर्शन भईरहेको चलचित्र ‘सिंघम रिटर्नस’ को सन्दर्भमा कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् । पछिल्लो समय अजय देबगण र शाहरुख खानको सम्बन्ध राम्रो छैन भन्ने भनाईप्रति उनले असहमति जनाए ।
शाहरुख खान अभिनित फिल्म ‘जब तक है जान र अजय देबगण अभिनित ‘सन अफ द सरदार’ एकै दिन रिलिज हुँदा यी कलाकारहरु विच मन मुटाब भएको थियो । त्यतीखेर अजयले यशराज ब्यानरले सिनेमा हल कब्जा गरेको आरोप लगाएका थिए । यी सब पुराना कुरा भएको बताउने अजयले फिल्म प्रदर्शनको बेला भएको प्रसंगलाई ब्यक्तिसँग जोडन नहुने बताए । एजेन्सी