एनआरएनए महासचिवमा जानकी गुरुङको उम्मेदवारी घोषणा,निर्णयबाट पछि नहट्ने


कोपनहेगन ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी २०१९-२०२१ कार्यकालको लागि वर्तमान सचिव जानकी गुरुङ महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । बेल्जियम निबासी ब्यबसायी गुरुङले नवौ अन्तर्राष्ट्रिय महाधिबेशनमा महासचिव पदमा उम्मेदवारी दिन लागेकी हुन्। गुरुङसँगै महासचिवकै दौडमा बेलायतका डा. हेमराज शर्मा,मध्यपुर्वका डिबी क्षेत्री र अमेरिकाबाट डा. केशव पौडेल चुनावी मैदानमा रहेका छन्। 

एनआरएनएको केन्द्रिय जिम्मेवारीमा महिलापनि पुग्न सक्नेभन्दै आफ्नो निर्णयबाट पछि नहट्ने गुरुङको दावी छ। आठौँ महाधिबेशनमा अध्यक्ष प्रत्यासी जमुना गुरुङ समूहबाट उनि सचिव पदमा निर्बाचित बनेकी थिईन्। पूर्व अध्यक्ष शेष घले निकट ठानिने गुरुङलाई घले दम्पतीको पूर्ण समर्थन रहने ठानिएको छ। 

नेपालमा गुरुङको पुर्खौली थलो गोरखा भए पनि हाल उनको परिवार चिवतनमा रहेको छ। गुरुङ करीब २२ वर्ष देखि बेल्जियममा रहदै आएकी छिन्। उनी सन् २००५ मा गैरआवासीय नेपाली संघ बेल्जियमको तदर्थ समितिको सदस्य कोषाध्यक्ष,  एनआरएनए एनसीसी बेल्जियमको सल्लाहाकार हुँदै एनआएएनए बेल्जियमको नेतृत्व सम्हालिन्। 

दुइपटकसम्म आइसीसी सदस्य,युरोप उपसंयोजक, हाल केन्द्रिय सचीवको जिम्मेबारीमा रहेकी उनि एनआरएनए अभियानमा स्पष्ट बक्ताको रुपमा परिचित छिन्।