एनआरएनए स्पेनमा जिम्मेबारी बाँडफाँड,सदस्य र सल्लाहकारहरु मनोनित


बार्सिलोना। एनआरएनए स्पेनको नवनिर्बाचित कार्यसमितिको बैठकले सदस्यहरु मनोनित तथा सल्लाहकारहरु चयन गरेको छ। अध्यक्ष दिनेश गुरुङ (देउकाजीको) अध्यक्षतामा मंगलबार बार्सिलोनामा बसेको पहिलो बैठकले थप ५ सदस्यहरु मनोनयन गर्दै कार्यसमितिलाई पूर्णता दिएको हो। 

कार्यसमितिको सदस्यहरुमा सुर्य प्रसाद सपकोटा (धीरज),सुन्दर रानाभाट,सुन्दर गुरुङ्,केबिन्द्र शाही                               र जगत कुमारी गुरुङ (जानु) लाई मनोनित गरेको छ। सदस्यमा मनोनित भएका रानाभाटलाई प्रबक्ताको जिम्मेबारी दिईएको अध्यक्ष गुरुङले बताए। 

कार्यसमितिको बैठकले ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। अर्जुन आचार्य                                              गोपाल रेग्मी,सन्दीपमोहन भट्टराई, केदारनाथ ढुंगाना,रमेशप्रसाद निरौला,यज्ञ प्रसाद पौडेल (रमेश), बिशाल ढुंगाना, जीवन प्रसाई र बिनोद मोक्तान सल्लाहकारमा चयन भएका छन्। 

बैठकपछि महासचिव उमराज ढकालद्वारा जारी प्रेस बिज्ञप्तिमा चुनावी घोषणापत्र मार्फ़त गरिएका प्रतिबद्वताहरुलाई संघको २०१९-२०२१ को कार्ययोजना बनाई पूरा गर्ने सर्बसम्बत निर्णय भएको उल्लेख गरिएको छ। कार्यालय ख़रीद तथा ब्यबस्थापनमा अध्यक्ष गुरुङ आँफै संयोजक रहेका छन् भने उपसंयोजकको जिम्मेबारी शलिकराम डुम्रेलाई तोकिएको छ। 

म्याड्रिडस्थित दूताबाससँग एनआरएन डेस्क सथापनाको माग गर्ने कार्यसमितिले निर्णय गरेको छ। यसकालागि दूतावास र संघबीच समन्वयका लागि उत्तर राईलाई संयोजकको जिम्मेबारी तोकेको छ भने जगत कुमारी गुरुङ (जानु) र  सुरेश बास्तोला सदस्यहरु रहेका छन्। 

संघले अनुशासन विभागमा दिनेशकुमार गिरी, आर्थिकमा गोविन्द प्रसाद तिमिलसिना, लेखा तथा खेलकुद धुब्र भट्ट,महिला बिभागमा मौसमी गुरुङ,युवामा सुरेश शर्मा,प्रचार प्रसारमा सुन्दर रानाभाट र साँस्कृतिक तथा कला बिभागमा सुमीघिमिरे सापकोटालाई जिम्मेबारी दिएको छ। 

संघले क्षेत्रीय समितिको बिधान सम्बन्धमा पनि निर्णय गरेको छ। केन्द्रिय बिधानसँग नबाझिने गरी बनाउन सक्ने र समितिको संरचनालाई १५ सदस्य नबढ़ाई बनाउन सक्ने सर्बसम्बत निर्णय गरेको छ। क्षेत्रीय समितिमा एक कार्यकाल पदाधिकारी रही काम गर्नेले राष्ट्रिय समन्वय परिषदको अध्यक्ष र अन्तर्राष्ट्रिय समन्यव परिषद सदस्य बाहेक अन्य पदहरुमा उम्मेदवारी दिनसक्ने प्राबधान संघले अघि सारेको छ। 

अब बन्ने नयाँ पंजीकृत सदस्यहरुको हकमा क्षेत्रीय समितिबाट ५ युरो नै लिने तर हाललाई पंजिकृत सदस्य लिईसकेको हकमा भने प्रत्येक सदस्यबाट २ युरो क्षेत्रीय समितिलाई सहयोग गर्ने सर्बसम्बत निर्णय गरेको संघले जनाएको छ। 

संघको नवौ अन्तर्राष्ट्रिय महाधिबेशन तथा ग्लोबल सम्मेलनमा स्पेनबाट केन्द्रिय नेतृत्व तहका लागि  मनोनयन दर्ता गर्ने सबै उम्मेदवारहरुलाई बिजयी गराउन आफ्ना महाधिबेशन प्रतिनिधिहरुलाई एकबद्दताको आहवान गर्दै आवश्यक भूमिका निर्वाहका लागि अनुरोध गर्ने सर्बसम्बत निर्णय गरेको छ। फोटो स्रोत:-साईग्रेस

तपाईको प्रतिक्रिया