स्पेनका गुरुङ सर्बाधिक मत ल्याई युरोप उपसंयोजकमा बिजयी


बार्सिलोना। गैर आबासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय उपसंयोजकमा स्पेनका मुक्त बहादुर गुरुङ बिजयी बनेका छन्। गुरुङले  सर्बाधिक ३६९ मत ल्याई बिजयी बनेका हुन्। गुरुङसँगै कृष्णप्रसाद तिमिल्सिना र शुक्रराज न्यौपाने पनि युरोप उपसंयोजक पदमा बिजयी बनेका छन्। तिमिल्सिनाले ३५७ मत र न्यौपानेले २८३ मत प्राप्त गरे। युरोप उपसंयोजका लागि  ७ जनाको उम्मेदवारी परेकोमा ३ जना निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ। 

स्पेन निबासी गुरुङ सन् २०१७ -२०१९ कार्यकालमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा रही काम गरेका थिए।एक दशकभन्दा लामो समयदेखि एनआरएन अभियानमा सक्रिय छन्। 

सन् २००७ देखि नै एनआरएनए अभियानमा सक्रिय उनि २००९ मा सम्पन्न एनआरएनए स्पेनको पहिलो अधिबेशनबाट नै उपाध्यक्ष पदमा रही काम गरे। सन् २०११-२०१३ को कार्यकालमा संघको सल्लाहकारको भूमिकामा रहेका गुरुङलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्का बिभिन्न कार्यदलमा रही काम गरेको अनुभव पनि छ। 

एनआरएनए स्पेनको नेतृत्व सम्हालेपछि गुरुङले संघको आफ्नै कार्यकाल स्थापना गर्न सफल भएका थिए। उनकै नेतृत्व र पहलमा बार्सिलोनामा स्थापना भएको कार्यालय बिगत ४ बर्ष देखि निरन्तर संचालनमा रहदै आएको छ। झोलामा सिमित एनआरएनलाई अफिसमा परिणत गर्न संघका पूर्व केन्द्रिय अध्यक्ष डा.शेष घले,बर्तमान अध्यक्ष भवन भट्ट लगायतका एनआरएन अभियन्ताहरुले समेत उनको अभियानलाई साथ दिदै आर्थिक सहयोग गरेका थिए।