एनआरएनए भवन सहयोगार्थ पाठशालाले देउसी-भैलो खेल्दै


बार्सिलोना। नेपाली पाठशाला बार्सिलोनाले नेपालीहरुको महान पर्व तिहारको अबसरमा देउसी-भैलो कार्यक्रमको आयोजना गरेको छ। हरेक बर्षजस्तै यसपटक पनि साना नानुबाबुहरुसँगै पाठशालाले देउसी-भैलो कार्यक्रमको आयोजना गरेको हो। पाठशाला संयोजक सरला सापकोटाले  देउसी-भैलो कार्यक्रमबाट संकलित रकम एनआरएनएको भवन निर्माण सहयोगार्थ प्रदान गरिने बताईन्।

नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै उनले भनिन्,” एनआरएनए स्पेनको नयाँ कार्यसमितिले आफ्नै भवन बनाउने कार्ययोजना अघि सारेको छ। त्यही योजनामा ईटा थप्दै  हातोमालो गर्नका लागि यसपटकको देउसी-भैलो कार्यक्रम केन्द्रित गर्ने निर्णय गरेका हौ।” 

अक्टोबर २७ तारिख आईतबार सिसिलियामा हुने कार्यक्रममा सहभागी बन्ने सापकोटाले नेपाली समुदायलाई अनुरोध गरिन्।” सम्पूर्ण स्पेनस्थित संघ संस्था,ब्यबसायीहरु लगायत पाठशाला शुभचिन्तकहरुलाई सहभागी बन्न अनुरोध गर्दछु।’उनले भनिन्। 

कार्यक्रमबारे पूर्णबिबरण :-

  • मिति:- अक्टोबर २७ तारिख आईतबार,२०१९ 
  • स्थान:– काईया सिसिलिया ३२१ 
  • समय:– दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म 
  • आयोजक:– नेपाली पाठशाला बार्सिलोना,स्पेन