एनआरएनए युरोप संयोजकमा नेदरल्यान्ड्सका आचार्य बिजयी


काठमाडौं। एनआरएनए युरोप क्षेत्रीय संयोजकमा नेदरल्याण्ड निबासी नारायणप्रसाद  आचार्य बिजयी भएका छन्। आचार्यले २७४ मत ल्याई बिजयी बनेका हुन्। उनका निकटतम प्रतिद्वन्दी जर्मनी निबासी सन्तोष कुमार भट्टराई ३ मतले पछि परे। भट्टराईले २७१ मत प्राप्त गरेका हुन्। आचार्य काँग्रेस निकट तथा भट्टराई नेकपा निकटका उम्मेदवारले चिनिएका थिए। 

आचार्य नेपाली जनसम्पर्क समिती नेदरल्याण्डका पूर्व सभापति तथा निबर्तमान एनआरएनए आईसीसी सदस्य समेत हुन्।

युरोप संयोजकमा बेल्जियम निबासी पदम गुरुङले १९४ मत र गंगाधर गौतमले ११२ मत प्राप्त गरेका छन्।  गौतमले अन्तिम समयमा आएर आचार्यलाई समर्थन गर्ने सामाजिक संजाल मार्फत जानकारी दिएका दिए। तर उम्मेदवारी फिर्ताको समयपछि उनले निर्णय लिएकाले उम्मेदवारको सूचीमा उनको नाम भने यथावत नै थियो। ३ मतको अन्तरले आचार्य बिजयी हुनुमा गौतमको समर्थन घोषणालाई निर्णायक ठानिएको छ।

उपसंयोजकमा गुरुङ,तिमिल्सिना र न्यौपाने 
युरोप क्षेत्रीय उपसंयोजकमा स्पेनका मुक्त बहादुर गुरुङ बिजयी बनेका छन्। गुरुङले  सर्बाधिक ३६९ मत ल्याई बिजयी बनेका हुन्।

गुरुङसँगै कृष्णप्रसाद तिमिल्सिना र शुक्रराज न्यौपाने पनि युरोप उपसंयोजक पदमा बिजयी बनेका छन्। तिमिल्सिनाले ३५७ मत र न्यौपानेले २८३ मत प्राप्त गरे। युरोप उपसंयोजका लागि  ७ जनाको उम्मेदवारी परेकोमा ३ जना निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ।