११ सदस्यीय एनआरएनए आईसीसी सल्लाहकारमा स्पेनका तिमिल्सिना पनि


बार्सिलोना। स्पेनका पुष्पराज तिमिल्सिना एनआरएनए आईसीसी सल्लाहकारमा मनोनित भएका छन्। नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को आइतबार बसेको पहिलो बैठकमा ११ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । यसअघि पनि आईसीसी सल्लाहकार भईकाम गरिसकेका तिमिल्सिना पन्त नेतृत्व टिमले पनि मनोनित गरेको हो। 

सल्लाहाकार समितिमा निवर्तमान उपाध्यक्ष कूल आचार्य (युके), सपिला राजभण्डारी (रसिया), रामेश्वर शाह (नेपाल), टी.बी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके), जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका), र हरिबोल भण्डारी (अमेरिका) रहेका छन् ।

पहिलो बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्यसमेत चयन गरेको छ । परिषदमा प्रमुख संरक्षक डा। शेष घलेलाई चयन गरिएको छ ।अन्य संरक्षकहरुमा पूर्वअध्यक्षद्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्वसंरक्षक रामप्रताप थापा रहेका छन् ।

संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोलाई भने संघको उच्च बरियतामा राख्ने निर्णय बैठकले गरेका एनआरएनए सचिवालयले जनाएको छ ।