इन्द्रेणी बचत तथा ऋण सहकारीको १२ औं साधारण सभा सम्पन्न


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले उद्घाटन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष सागर अधिकारीले बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष धर्मराज बरालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थापक लेखा समितिका संयोजक ज्ञाज शर्मा, सदस्यहरु गिता कुमारी रेग्मी र राधिका कार्की, संस्थापक ऋण् उपसमितिका संयोजक गोपाल वराल र सदस्यहरु पदमबहादुर थापा, झपिन्द्रराज रेग्मी, रविलाल शर्मा र श्रीराम पोखरेल, घर जग्गा खरिद उपसमितिका संयोजक गोपाल वराल, सदस्यहरु लक्ष्मण वास्तोला, लेखनाथ वराल, दिपक प्रसाद सुवेदी र रंगिला आचार्यलाई दोसल्ला तथा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

सो अवसरमा संस्थाका शेयर सदस्यका ७५ बर्ष माथिका भुवकला उपाध्याय, वल्ली पौडेल, वालिका खत्री, चेतकुमारी कोइराला, आत्मकुमारी वराल, चन्द्री अधिकारी, दिर्घलाल पौडेल, धनमाया जैसी, भक्तबहादुर थापा, कृष्ण कुमारी थापा, तिलक प्रसाद सुवेदी, हिराबहादुर ढुंगाना, लिलादेवि उपाध्याय, टिकाराम लम्साल र सीमावती लम्साललाई नगद, दोसल्ला र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

त्यसैगरी स्नातकोत्तर तर्फ मिलन पौडेल, स्नातक तर्फ पुजा पराजुली र प्रदिप पौडेल र ं २ तर्फ शिल्पा सुवेदीलाई नगद, दोसल्ला र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा कास्की वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष भेषराज वराल, छोरेपाटन माविका व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मी, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल, डेभिजफल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन अधिकारी, संस्थाका सल्लाहकार तथा घर जग्गा खरिद समितिका संयोजक गोपाल वराल, शेयर सदस्य रंगीला आचार्य लगाएतले बोलेका थिए ।

सहकारीको हाल ७ करोड ५६ लाख ९३ हजार नौ सय शेयर पुंजी, २३ करोड भन्दा वढि निक्षेप संकलन, २३ करोड भन्दा वढि नै ऋण लगानी, स्थिर सम्पत्ती ४ करोड ७१ लाख भन्दा वढि र खुद नाफा ५६ लाख ११ हजार रहेको सचिव डिल्लिराम शर्माले वताए ।

सहकारीले हालै डेभिज फलमा १ रोपनी ५ आना क्षेत्रफल रहेको जग्गामा बहुउद्देश्यीय ब्यापारीक भवन वनाउनको लागि शिलान्यास गरिसकेको छ ।

संस्थामा अध्यक्ष सागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विन्दु कार्कीले, सहकारीका सात सिद्धान्त सहसचिव मेघनाथ पौडेलले र कार्यक्रमको संचालन डिल्लीराम शर्माले गरेका थिए ।