बार्सिलोनामा “कबड्डी कबड्डी कबड्डी”


बार्सिलोना। बहुचर्चित नेपाली चलचित्र कबड्डी कबड्डी कबड्डी’ सोमबार बार्सिलोनामा स्क्रिनीङ्ग हुने भएको छ।  रामबाबु गुरुङ निर्देशित सुपरहिट चलचित्र सिनेमा जिरोना हलमा लाग्ने भएको हो। नेपालीहरुको महान पर्व शुभदिपावलीको अबसरमा चलचित्र प्रदर्शन गर्न लागेको आयोजक तमु समाजका अध्यक्ष गौतम गुरुङले जानकारी दिए। 

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द चित्रित गरिएको  चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि।बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

बासुरी फिल्म्सको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्रसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् ।

थप बिबरण:-

  • चलचित्र प्रदर्शन हुने मिति:- सोमबार २१ अक्टोबर, २०१९ 
  • समय:- ४:४५ बजे 
  • स्थान:- सिनेमा जिरोना हल 
  • टिकट:- १० युरो 
  • आयोजक:- तमु समाज स्पेन