ओली, प्रचण्ड र देउवाबीच छलफल


काठमाडौं – समसामयिक राजनीतिक घटनाक्रमका साथै द्वन्द्वकालिन मुद्दाहरुलाई छिटो टुंग्याउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको हो ।

सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बैठकमा सहभागी नेकपा नेता सुवासचन्द्र नेम्वाङले बताए ।

भेटमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा कुराकानी भएको बताइएको छ ।बैठकमा ठोस निर्णय नभए पनि सत्ता र प्रतिपक्षबीच कुराकानी भएको बताउँदै नेता नेम्वाङले बेलाबेलामा छलफल गर्दै अघि बढ्नु पर्ने बताए। द्वन्द्वकालीन घटनाबारे विशेष गरी विधेयकबारे छलफल भएको उनले जानकारी दिए ।