नेपालमा समग्र प्रजातन्त्रको अभ्यास भैरहेको छ : प्रधानमन्त्री केपी शर्मा ओली


काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका छोरा गौतम बुद्धको सिद्धान्तका आधारमा विश्वमा पञ्चशील र सह–अस्तित्वको कुरा गर्न पाउनु गौरवको विषय भएको बताउनु भएको छ ।

अजरबैजानको राजधानी बाकुमा आयोजना गरिएको असंलग्न सदस्य राष्ट्रहरुको अठारौं सम्मेलनको एक सत्रको अध्यक्षता गर्नु भएका प्रधानमन्त्री ओलीले गौतमबुद्ध र सगरमाथाको नाम लिएर नेपालका छोरा गौतम बुद्धको सिद्धान्तको आधारमा पञ्चशीलको सह(अस्तित्वको सिद्धान्त प्राप्त गर्नु गौरवको विषय भएको बताउनुभयो ।

कसैसँग शत्रुता नगर्ने र सबैसँग मित्रता गर्ने नेपालको परराष्ट्र नीतिमा पनि त्यसैसँग संगतिपूर्ण रहेको बताउनु भयो । सम्मेलनको सम्बोधनको क्रममा ओलीले नेपालमा समग्र प्रजातन्त्रको अभ्यास भैरहेको भन्दै यस्तो अभ्यास विश्वस्तरमा हुनुपर्ने बनाउनु भयो ।

उहाँले समग्र प्रजातन्त्रमा व्यक्तिले गरिबीबाट मुक्ति, समान अवसर, जीवनको अधिकार, सुरक्षा र आत्मसम्मानको सर्वागिंण सशक्तीकरणको रुपमा परिभाषित गरेका छन् ।

उहाँले गरिबीबाट मुक्ति, अवसरमा समान पहुँच, जीवनको अधिकार, सुरक्षा र सम्मान पाउने पक्षमा उभिएको बताउनुभयो ।