प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राति अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार बिहानदेखि धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओली ग्रान्डीबाट डिस्चार्ज भएको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
बुधबार र बिहीबार गरेर २ पटक मिर्गौलाको डायलाइसिस गराएका ओली आफै हिँडेर हँसिलाे मुद्रामा अस्पतालबाट बाहिरिए । अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुलाई धन्यवाद दिँदै आफू ठिक भएकाे बताएका थिए।
प्रधानमन्त्री ओली अस्पतालबाट सोझै बालुवाटार पुगे ।
यसअघि साँझ अस्पतालमा नै पत्रकार सम्मेलन गर्दै अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले साँझसम्ममा प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिने बताएका थिए ।