अमले सहकारीद्धारा सेवा आश्रमलाई सहयोग


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको अमले वचत तथा ऋण सहकारी संस्थाले नवौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम छोरेपाटनलाई सहयोग गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष ले. धर्मदत्त तिमिल्सिनाले आश्रमका संयोजक राजन सापकोटालाई नगद तथा जिन्सी सामाग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा सहकारीका संस्थापक अध्यक्ष धर्मदत्त तिमिल्सिना, निवर्तमान अध्यक्ष माधव पहारी, उपाध्यक्ष खेमराज वराल ध्रुब, आश्रमका संयोजक राजन सापकोटा लगाएतले वोलेका थिए ।

सहकारीका अध्यक्ष वद्रिनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव एकनारायण भण्डारीले गरेका थिए ।