मेरिलिबोन क्रिकेट क्लबले पाेखरामा दुइ खेल खेल्ने


पोखरा – क्रिकेटको जननीमानिने बेलायतको सबै भन्दा पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध खेल्न मुख्यमन्त्रि–११ र कास्की–११ को टिमले यति बेलापोखरा रंगशालामा कठिन परिश्रम गरिरहेको छ ।

एमसीसीक्लबबिहिबार दुई बटा अलग–अलग टि–२० म्याच खेल्न आगामी आइतबार पोखरा आउँदैछ । मुख्यमन्त्रि ११ को टिममा प्रदेश स्तरिय खेलाडी सहभागी छन भने कास्की–११ माकास्कीका खेलाडी सम्मिलित छन । दुबै टिमलाईप्रशिक्षक रिजन प्रजुले प्रशिक्षण गराइरहेका छन ।

यहिकार्तिक २५ र २६गते पोखरा रंगशालाको क्रिकेट खेल मैदानमाआयोजनाहुने एमसीसी विरुद्धको खेलले सन २०१५ अर्थात आजभन्दाचार वर्ष अघिको सम्झनादिने प्रशिक्षकप्रजुले बताए । ‘त्यती बेलाहामीले एमसीसी विरुद्ध एक दिवशिय खेल खेलेकाथियौं’ उनी भन्छन–‘जसमाहामीबिजयीभएकाथियौं ।’ पोखराको क्रिकेट बामे सरिरहेको बेलाको त्यो जितअहिले पनि सपना जस्तै लाग्ने बताउँदै यो पटक पनित्यहीनतिजानिकाल्न टिमको तयारी भइरहेको बताउँछन ।

कास्कीजिल्लाक्रिकेट संघको आयोजनामाहुने तिदुई खेलहरुले यस क्षेत्रको समग्र क्रिकेट खेल बिकासकालागि महत्वपूर्ण रहने कास्कीजिल्लाक्रिकेट संघका अध्यक्ष सञ्जयकान्तसिग्देलको भनाई छ । ‘हामीयति बेला १३ औं सागअन्तरगतमहिलाक्रिकेटको तयारीमा छौं’ उनी भन्छन–‘एमसीसीको यो भ्रमणले पक्कै पनिपोखराको क्रिकेट माथी उठेको छ भन्ने सन्देश विश्वभरी फैलिनेछ ।’

चार वर्ष अघि पोखरा ११ ले एमसिसीलाई जितेको क्षण अझै पनिकास्कीजिल्लाक्रिकेट संघका कोषाध्यक्षचन्द्र गुरुङ ‘जिम्मी’ संग ताजै छ । उनले त्यो बेला खेलेको तस्बिर देखाउँदै भने–‘हामीले एमसीसीलाई जित्नु ठूलो कुरा थियो तर त्यती बेलाहाम्रो जितपोखरा भित्रै सिमितभयो कुनै अबसर पाएनौ ।’उनले त्यती बेला ८ ओभरमा २ बिोट लिएकाथिए । टिममा यती बेला यू–१६ का खेलाडीहरु पनिभएकोले उनीहरुले राम्रोअबसर पाउने उनको भनाई छ ।

कास्की ११ र मुख्यमन्त्रि ११को टिम बाट नेपाली राष्ट्रिय टोलीकाकिशोर महतो, दिपेश श्रेष्ठ जस्ता अलराउण्डर खेलाडी समावेश रहेका छन । यसै गरि एमसीसी विरुद्ध चार वर्ष अघि ७५ रनको यागदानदिने अनिल गुरुङमा समेत टिममा समावेश हुनेछन भने विपिनखत्री समेत टिममा रहने प्रशिक्षकप्रजुले बताए ।