स्पेनका लागि राजदूत दावा फूटीले कार्यभार सम्हालिन्


स्पेनका लागि नेपाली राजदूत दावा फूटी शेर्पा

बार्सिलोना। स्पेनका लागि नेपाली राजदूत दावा फूटी शेर्पाले कार्यभार सम्हालेकी छन्।म्याड्रिडस्थित नेपाली दूतावास पुगेर राजदूत शेर्पाले मंगलबार देखि कार्यभार सम्हालेकी हुन्। दूताबासद्वारा जारी सूचनामा राजदूत शेर्पाले कार्यभार सम्हालेको उल्लेख गरिएको छ। ”स्पेन अधिराज्यको लागि नेपाली राजदूत महामहिम दावा फूटी शेर्पाज्यू कार्यभार सम्हाल्न आज म्याड्रिड आईपुग्नुभएको र महामहिमज्यूले आज नै राजदूतावासमा आई पदवहाली गर्नुभएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।” मंगलबार दूताबासद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ। 

राजदूत शेर्पालाई स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुले प्रत्यक्ष भेटघाट तथा सामाजिक संजाल मार्फत स्वागत गरेका छन्। एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ (देउकाजी)ले राजदूत शेर्पालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन्। संघका उपाध्यक्ष उत्तर राईले दूताबासमा नै पुगेर राजदूत शेर्पाको स्वागत गरे। 

स्पेन स्थित संघ संस्थाहरुले समेत सामाजिक संजालमार्फत राजदूतको स्वागत गर्दै सफल कार्यकालको शुभकामाना ब्यक्त गरेका छन्। यसअघि स्पेनका लागि पहिलो नेपाली राजदूतको रुपमा भरत बहादुर रायमाझी कार्यरत थिए। तर गत जनवरीमा नै राजदूत रायमाझीलाई नेपाल सरकारले फिर्ता बोलाएपछि म्याड्रिड दूताबास राजदूतबिहिन थियो।

झन्डै ९ महिना देखि दूताबासका प्रथम सचिव हरिहरकान्त पौडेलले कार्यबाहक राजदूतको रुपमा जिम्मेबारी सम्हाल्दै आएका थिए।