सामुदायिक सेवा केन्द्र पृथ्बीचोकद्धारा रक्तदान कार्यक्रम


पोखरा । सामुदायिक सेवा केन्द्र पृथ्वी चोकको आयोजना तथा रक्त सन्चार केन्द्र कास्कीको प्राबिधिक सहयोगमा बुधबार रक्तदान कार्यक्रम ३५ यूनिट रगत संकलन गरी सम्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख दान बहादुर कार्कीले कार्यक्रमको शुभारम्भ गर्दै जनता नै प्रहरी हो र समाजलाई सुब्यबस्थित बनाउने काम आम साधारण जनता र प्रहरीको भएको वताए ।

रक्त सन्चार सेवा केन्द्र प्रमुख ध्रुबमणी लामिछाने, संस्थाका प्रमुख सल्लाहकार चिरञ्जीवी श्रेष्ठ, निवर्तमान अध्यक्ष जयराम अधिकारी, सामुदायिक सेवाकेन्द्र कालिकाका अध्यक्ष हुमनाथ अधिकारी तथा लेखनाथ सामुदायिकका अध्यक्ष रमेश ओझा लगाएतले वोलेका थिए ।

कार्यक्रममा पुर्ब सल्लाहकार बिष्णुमाया श्रेष्ठ, पत्रकार कृष्ण रानाभाट, फेवा टेलिभिजनका सन्चारकर्मी सरोज अधिकारी लागायतको उपस्थिती रहेको थियो ।

युवा व्यवसायी तथा रक्तदाता अभियान्ता पुष्पराज पौडेलले ३२ औ पटक रक्तदान गरेका थिए भने साहित्यकार तथा कार्य समिती सदस्य शिबराज सुबेदीले रक्तदानको महत्वको विषयमा रचियको कविता मार्फत रक्तदाताहरुलाइ आकर्षित गरेका थिए ।

संस्थाका अध्यक्ष बिपिन अधिकारीको अध्यक्षतामा भएकोे कार्यक्रमको संचालन सचिव मुना वास्तोलाले गरेकी थिईन।