नेकपाको पेशागत व्यवसायिक कमिटीको विस्तारित भेला सम्पन्न


पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पोखरा १७ को पेशागत व्यावसायिक कमिटीको बिस्तारित भेला नेकपा केन्द्रिय कमिटी सदस्य तथा कास्की ईन्चार्ज राजकाजी गुरुङ करणको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि राजकाजी गुरुङले ऐतिहासिक कम्युनिस्ट सरकारले गरेका राम्रा कामको जानकारी जनता समक्ष पुर्याउनु पर्ने रबिन्द्र अधिकारीको सपना र पार्टीको घोषणापत्र अनुरुपको बिकासका पूर्बाधार सम्पन्न गर्न पार्टीका उमेदवार बिध्या भट्टराई अधिकारीले यो चुनाव जित्नैपर्ने वताएका थिए ।

उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष तिर्थराज अधिकारीले पोखरा १७ मा करिब साढे दुई अर्बको बिकास निर्माणका कार्य संचालित भई रहेको वताए ।

जिल्ला अध्यक्ष कृष्ण थापाले कार्यकर्तालाई ईमान्दार र शसक्त रूपमा लाग्न अनुरोध गरेका थिए ।

१७ का पार्टी अध्यक्षसुवास ढुंगानाले पार्टी रणनीतिक ढंगबाट अगाडि बडेको हुँदा जित सुनिश्चित रहेको वताए ।

जिल्ला कमिटी सदस्य सुबर्ण श्रेष्ठले पार्टीले पोखरा १७ मा बिगतको बिरासतलाई स्थापित गर्न पार्टी तमतयार रहेको वताए ।

कमिटी संयोजक चित्रराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कृष्ण लम्सालले गरेका थिए भने कार्यक्रम संचालन कृष्ण प्रसाद पोखरेलले गरेका थिए।