हाइकर्स क्लब नेपालको समुह मट्टिखानमा


पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा हरेक महिनाको अन्तिम शनिबार स्वास्थ्य र पर्यटनको लागि हाईकिङ नाराका साथ संचालन भई रहेको हाईकिङ भाग ८ अन्र्तगत शनिबार पोखरा २१ मट्टिखानमा रहेको भ्यु टावर र कालिका मन्दिरको अवलोकन भ्रमण गरेका हुन्।

हाइकर्स क्लबका २१ जना सदस्यहरु स्याङ्जा र कास्कीको सिमानामा रहेको कुभिण्डेबाट पैदल हिडेर रामकोटमा रहेको गुरुङ संग्राहलय, कालिका मन्दिर, साल्मेडाँडाको निर्माणाधिन गोर्खा स्मारक, ग्रामिण जनजिवनको अवलोकन गर्दै मट्टिखान पुगेको थियो ।

मट्टिखानमा रहेको मट्टिखान रिसोर्टमा खाना खाएर नजिकै रहेको कालिका मन्दिर र लुम्ले टावरबाट पोखरा, स्याङ्जाका विभिन्न गाउँहरुको अवलोकन गरिएको थियो ।

हाईकिङले स्वास्थ्य प्रति सचेत हुन, ग्रामिण पर्यटनको विकासमा मद्धत पुग्ने भएकोले हाल सम्म ७ स्थानहरुमा हाईकिङ गरि सकेको हाईकिङका संयोजक कृष्ण रानाभाटले वताए ।

हरेक महिनाको एक पटक गरिदैं आएको उक्त कार्यक्रम अनुकुलता हेरी १५/१५ दिनमा गर्ने सोच रहेको तथा हाईकिङमा मावितहमा पढ्ने विद्यार्थीदेखि ६०/६५ वर्ष सम्मका घुम्न मन पराउनेहरु आफ्नो खर्चले सहभागी हुदै आएका हाईकिङका संयोजक ट्रेकिङ गाईड सुन्दरमणि त्रिपाठीले वताए ।