नेपालको अतिक्रमित भूमी सरकारले फिर्ता लिन्छाै : प्रधानमन्त्री ओली


काठमाडौं – नेपालको अतिक्रमित भूमी सरकारले फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेयुवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकार संवाद गर्न नसक्ने सरकार नभएको बताए ।

छिमेकी सँग किन्चित तनाव नहोस् भन्ने पक्षमा आफूहरु रहेको प्रधानमन्त्रीको भनाइ थियो ।‘संवादबाट समस्याको समाधान चाहन्छौं’ ओलीले भने,‘अहिलेको सरकार संवाद गर्न नसक्ने कुरा गर्न नसक्ने सरकार होइन । इतिहासले देखाइसकेको छ यो सरकार राष्ट्रिय हितको पक्षमा सरकार लड्न सक्छ । ’

प्रधानमन्त्री ओलीले नेपालको भूमिबाट विदेशी फोज फिर्ता गराउने र सीमाको रक्षा गर्ने ओलीको भनाइ थियो ।‘सरकारले संवादबाट सीमा सम्बन्धी समस्या समाधान गर्छ ’ प्रधानमन्त्री ओलीले भने,‘हाम्रो भूमिबाट विदशी फौज फिर्ता गराउँछ । हाम्रो भूमिको रक्षा गर्छ ।’

कतिपयले नक्सा सच्याउने कुरा गरेको भन्दै ओलीले नक्सा सच्याउने मात्र नभइ भूमि फिर्ता ल्याउने कुरा महत्वपूर्ण रहेको ओलीको भनाइ छ ।‘कतिपयले नक्सा सच्याउन त अहिले सकिन्छ यहाँ तर नक्साको कुरा होइन भूमि फिर्ता ल्याउने कुरा छ यहाँ । यो सरकारले भूमि फिर्ता ल्याउँछ ’ ओलीले भने ।

‘नक्सा त प्रेसमा छाप्दा भइहाल्छ । यो प्रेसमा नक्सा छाप्ने कुरा मात्र होइन । भूमि फिर्ता ल्याउने कुरा हो ’ प्रधानमन्त्री ओलीले भने,‘नेपाल र नेपालीहरु भूमि फिर्ता ल्याउन सक्छन् र सक्षम छन् ।’सीमाका विषयमा सबै राजनीतिक दलले एक जुट भएर आवाज उठाएको र यो आवश्यक रहेको ओलीको भनाइ थियो । खबरहब