राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बि.जी. निर्वाचित


पोखरा – विष्णु खत्रीलाई ३९ मतले पराजित गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा रमेश बि.जी. निर्वाचित भएका छन् । रमेशले ५ सय ८४ मत पाउदा विष्णुले ५ सय ४५ मत पाए । निर्वाचनमा कुल १ हजार १ सय ३५ मत खसेको थियो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा रिता थापा मगर, प्रथम उपाध्यक्षमा पशुपती शर्मा, द्धितिय उपाध्यक्षमा राम्जी खाँण, महिला उपाध्यक्षमा राधिका हमाल पुन, तृतिय उपाध्यक्षमा दिपक खड्का, महासचिवमा सुवास केसी, उपमहासचिवमा शंकर विसी र शिव हमाल निर्विरोध निर्वाचित भए ।

कोषाध्यक्ष पदमा तारापति सुवेदीलाई पराजित गर्दै राजु ढकाल र सह कोषाध्यक्ष पदमा घनश्याम रिजाललाई पराजित गर्दै ईश्वरी प्रसाद भुसाल विजयी बने । विजयी भएका ढकालले ७ सय ३७ मत र भुसाललले ६ सय ८० मत ल्याए । पराजित भएका सुवेदीले ३ सय ७२ र रिजालले ४ सय ६ मत ल्याए ।

खुल्ला सचिव पदमा जीवन दाहाल, रमेश राज भट्टराई,कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, बसन्त थापा र पुष्कल शर्मा विजयी बने । सांगठनिक सचिवमा खुमन अधिकारी, प्रशासनिक सचिवमा कृष्ण रेउले, महिला सचिवमा जमुना राना मगर, सह-कोषाध्यक्षमा पुर्णकला विसी सर्वसम्मत चयन भए ।

केन्द्रिय सदस्यमा सम्झना लामिछाने मगर, जानकी तारमी मगर, अञ्जली अधिकारी, जुना श्रीस मगर, अमृता लुंगेली मगर, सरला पाण्डे र सिता राना निर्वाचित बने ।

खुल्ला केन्द्रिय सदस्यमा देवी घर्ती, पी.एन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दिपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगरले बाजी मारे ।

केन्द्रिय सदस्य भुगोल अन्र्तगत गण्डकीबाट तारानाथ आचार्य, सुदुरपश्चिमबाट नविन धामी, केन्द्रिय सदस्य विदेश शाखाबाट रामकृष्ण बम मल्ल र दुर्गा पंगेनी निर्वाचित भए ।

केन्द्रिय सदस्य भुगोल अन्र्तगत १ नम्बर प्रदेशबाट विष्णु प्रसाद घिमिरे, २ नम्बरबाट ईश्वरी प्रसाद पन्त, ३ नम्बर प्रदेशबाट हिमाल घले, ५ नम्बर प्रदेशबाट सन्दिप न्यौपाने, कर्णाली प्रदेशबाट उत्तम शर्मा निर्विरोध निर्वाचित भए ।

केन्द्रिय सदस्य उपत्यका समन्वय समितिबाट राजकुमार रायमाझी निर्विरोध छानिए ।