नेपाल साग महिला फुटबलको फाइनलमा


पोखरा – हारका बाबजुदपनि नेपाल तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको लिगको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएपनि फाइनलमा प्रवेश गरेको हो ।

अब नेपालले सोमबार भारतसँग स्वर्ण पदकका लागि भिड्नुपर्ने छ । लिग बिजेता र उप–बिजेता बन्दै नेपाल र भारत फाइनलमा पुग्दै स्वर्ण पदकका लागि भिडन्त पक्का गरेका हुन् । शनिबार भएको प्रतिष्ठाको खेलमा भारतले नेपाललाई १–० ले पराजित ग¥यो ।

पोखरा रंगशालामा शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा नेपाल भारतसँग १–० ले स्तब्ध भयो । भारतका लागि एनजी बाला देबीले निर्णायक गोल गरेकी हुन् । उनले डाङ्ग्मे ग्रान्सले प्रहार गरेको कर्नर किकमा हेडर गोल गरिन् ।

बिजयी भएपछि भारतीय प्रशिक्षक मेमल रकीले टिम गेम नै जितको प्रमुख कारण भएको बताइन् । उनले यस पटकको स्वर्ण जित्ने दाबी गरिन् ।

पराजित नेपालकी प्रशिक्षक हरि खड्काले एकमात्र मुभपनि गोलमा परिणत हुँदा हार्नुपरेको बताए । बनेको र त्यसमै गोल गर्न सफल हुँदा पराजित हुनुपरेको बताए । फाइनल भने जितेर स्वर्ण घरमै राख्ने उनले बताए ।