महिला फुटवलमा नेपाल स्वर्ण पदक जित्नबाट फेरी चुक्याे, प्रशिक्षक खड्काकाे राजिनामा


पोखरा – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटवलमा नेपाल स्वर्ण पदक जित्नबाट फेरी चुकेको छ । अघिल्लो संस्करणमापनि ४–० को हारसँगै भारतलाई सुम्पेको स्वर्ण पदक यसपटक पनि नेपालले भारतलाई नतिजा सुम्पदै रजत पदकमै चित्त बुझाएको हो । अघिल्लो बाह्रौं सागमा पनि नेपालले भारतसँग ४–० को हार बेहोरेको थियो । यसपटक त्यसको बदलासमेत लिदै स्वर्ण जित्ने नेपालको अवसर थियो । तर आज पोखरा रंगशालामा भएको खेलमा नेपाल चुक्यो र भारतलाई २–० को नतिजा सुम्पदै रजत पदकमा चित्त बुझायो ।

भारतले १८ औं मिनेटमा गोलको खाता खोलेको थियो । भारतका लागि एनजी बालादेवीले गोल गर्दै खाता खोलेकी हुन् । भारतले दोश्रो गोल भने खेलको ५५ औं मिनेटमा गरेको थियो । भारतका लागि एनजी बालादेवीले गोल गरेकी हुन् । अनमार्क रहेकी उनले पेनाल्टी एरियाबाट हानेको प्रहारले सिधै जाली चुमेको थियो ।

काउन्टर अट्याकको रणनीति अप्नाएको भारतले कम मात्रै गोलको अवसर सिर्जना ग¥यो । तर जति अवसर सिर्जना ग¥यो त्यसलाई गोलमा परिणत गर्दा जितका लागि पर्याप्त भयो ।

शुरुदेखि नै आक्रामक रणनीति अप्नाएको नेपालले पाएका अवसर भने खेर फाल्यो । साबित्रा भण्डारीमा निर्भर नेपालका लागि भारतीय रक्षापंक्ति बाधक बन्यो । साबित्रालाई भारतीय खेलाडीले मार्क गरेर छाड्दै नछाडेपछि उनले खुलेर खेल्न सकेनन् । तैपनी साबित्राले ७, ४८, ४९ मिनेटमा साबित्राले गोल गर्ने अवसर पाएकी थिइन् । तर उनले सदूपयोग गर्न सकिनन् ।

नेपाली महिला फुटवल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजिनामाको घोषणा गरेका छन् । तेह्रौं सागको महिला फुटवलको फाइनलमा भारतसँग २–० को पराजयसँगै प्रशिक्षक खड्काले राजिनामाको घोषणा गरेका हुन् । उनले हारको सम्पूर्ण जिम्मा लिदै नैतिकताका आधारमा राजिनामा दिएको बताएका छन् । सागमा स्वर्ण जित्ने सपना थियो,‘उनले भने,‘तर जिताउन सकिन, हारको सम्पूर्ण जिम्मा लिदै म राजिनामा घोषणा गर्छु ।’

खड्काले विगत डेढ वर्षदेखि नेपाली राष्ट्रिय महिला फुटवल टिमको प्रशिक्षण सम्हाल्दै आएका थिए । यस अवधीमा उनले ९ वटा प्रतियोगिता खेल्दै सबैमा उपबिजेता बनेको थियो । खड्काको प्रशिक्षणमा रहेको नेपाली महिला टिमले यस अवधीमा भारतसँग ५ पटक खेलेको र त्यसमा ३ मा हार, एकमा जित र एकमा बराबरी खेलेको थियो ।

ऐतिहासिक स्वर्ण पदक जित्नबाट चुकेसँगै नेपालका दुई महिला खेलाडीले पनि सन्यास घोषणा गरेका छन् । नेपालकी निरु थापा र मनमाया लिम्बुले सन्यास घोषणा गरेका हुन् । उनीहरुले अन्र्तराष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरे । अन्र्तराष्ट्रिय खेलबाट सन्यास लिएपनि राष्ट्रिय प्रतियोगितामा भने खेल्ने उनीहरुले बताएका छन् ।

नयालाई अवसर दिनका लागि आफूहरुले सन्यास लिएको उनीहरुको प्रतिक्रिया छ । सन्यास लिएका थापा र लिम्बुलाई मदन भण्डारी फाउण्डेसनको तर्फबाट राखेप सदस्य राजेशकुमार गुरुङले आधा तोला सुन र ४ तोला चाँदी जडित ट्रफी १÷१ दिदै सम्मान गरेका थिए ।