छ माया छपक्कैको बार्सिलोना शो ‘उत्साहजनक’


बार्सिलोना। हास्यव्यंग्यात्मक प्रस्तुतिका लागि लामो समयदेखि जुगलबन्दी गरेका दीपकराज गिरी र दीपाश्री निरौलाको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ बार्सिलोनामा शो ‘उत्साहजनक’ रह्यो।  बार्सिलोनाका रहेका नेपाली युवाहरु संगठित समुह ब्रदरउडले गतसाता जिरोना सिनेमा हलमा चलचित्रको स्क्रिनीङ् गर्दा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।  

गम्भीर राजनैतिक विषयलाई हास्यप्रधान तरिकाले प्रस्तुत गरिएको यस चलचित्रलाई बार्सिलोनाबासी नेपाली दर्शकहरुले  अत्याधिक रुचाएका थिए। कथा बिषयबस्तु र व्यावसायिक रुपमा पनि सफल चलचित्रलाई हेरेर दर्शकहरुले भरपुर मनोञ्जन लिएको प्रतिक्रिया दिए। 

आयोजक मध्येका एक मनुशजंग खड्काले चलचित्रको सफल प्रर्दशनी भएकोमा खुशी ब्यक्त गरे। उनले भने,” हामीले नेपाली चलचित्रलाई दर्शकमाँझ पुर्याउने एउटा काम त गर्यौ, अर्कोतर्फ भारतीय सिमाअतिक्रमणबारे चलचित्र पोष्टरमा नै राखेर बिरोध तथा दबाब गर्ने काम पनि सम्पन्न गरेका छौ”

दीपेन्द्र लामा निर्देशित यस चलचित्रको कथा पनि निर्देशक लामाले नै तयार गरेका हुन् ।दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी,लगायतको अभिनय रहेको यस चलचित्रको पटकथा दीपकराजले तयार गरेका हुन् ।