काठमाण्डौं पिपिएलको लिग चरणबाटै बाहिरियो


पोखरा – विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्स माथि शान्दार जित हासिल गर्दा काठमाडौं गोल्डन वारियर्स पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टि—२० क्रिकेट प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।

यता विराटनगर टाइटन्स भने क्वालिफायर (इलिमेनेटर) मा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज (बुधबार) भएको अन्तिम लिग चरणमा खेलमा विराटनगरले उत्कृष्ट खेल प्रर्दशन गरी ४ विकेटले बुटवल ब्लास्टर्स माथि शान्दार जित हासिल इलिमेनेटरमा प्रबेस गरेको हो ।

यस अघि बुटवल ब्लास्टर्स भने नकआउट चरणमा स्थान पक्का गरेको थियो । विराटनगरको जीतसँगै काठमाडौं गोल्डन वारियर्स प्रतियोगिताको लिग चरणबाटै बाहिरिनु पर्यो । काठमाण्डौं र विराटनगरको समान ४ अंक भए पनि नेट रन रेटका आधारमा विराटनगर शिर्श स्थानमा रहेको हो । लिगका ५ खेल मध्य दुबै टिमले ३ मा हार र दुईमा जित दर्ता गरी समान ४ अंक बटुलेका थिए ।

बुधबार भएको खेलमा १२ ओभरमै विराटनगरले बुटवल माथि जित दर्ता गर्दा विराटनगरले फाइनल यात्राका लागि बुटवलसंगै प्रतिष्प्रर्धा गर्ने भएको हो । बुटवलले भने ६ अंक सहित समुहबाट दोश्रो स्थानमा रहदै स्पष्ट रुपमा इलिमेनेटरमा स्थान सुरक्षित गरेको थियो । पारस खड्काको कप्तानिमा मैदानमा उत्र्रिएको चितवनले लिगका ५ खेलमै शान्दार जित निकाल्दै समुहकै शिर्श स्थानमा रहदै १० अंकका साथ फाइनलमा स्थान बनाएको हो ।

फाइनल यात्राको लागि भोलि विहिबार बुटवल ब्लाष्टर र विराटनगर टाइटन्स बिच खेल हुने भएको छ । उपाधि सहितको २७ लाख रुपैया पुरस्कारको लागि शनिबार फाइनल खेल चितवन राइनोज र भोलि विहिबारको खेलको विजेता बिच हुने भएको छ ।

पोखरा रंगशालामा बुधबार भएको खेलमा टस जितेर फिल्डिङ रोजेको विराटनगरलाई अघिल्लो चरणमा पुग्न जतिसक्दो कम स्कोरमा बुटवललाई रोक्न दबाब परेको थियो । बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रनको चुनौतीपूर्ण योगफल तयार पार्यो । १२ ओभर भित्रै १ सय ३४ रनको योगफल तयार पर्ने चुनौती सामाना गरेको विराटनगरले २ बल बाँकी रहदै लक्ष्य पुरा गर्न सफल भएको हो । विराटनगरले ६ विकेटको क्षेतिमा ११.४ ओभरमै लक्ष्य पुरा गरेको हो । खेलमा प्लेर अफ दी म्याच विराटनगरका आलम घोषित भए । विराटनगरका नोमन खानले ३५, पुनित मेहराले ३२, ओपनर मोहम्मद जाएद आलमले २४ रनको योगदान दिए । बुटवलका हर्ष टन्कले अर्धशतक पुरा गरी ६७ रन , शिभम सिंहले ३७ रन जोडेका थिए । विराटनगरका जाएद आलमले ४ तथा किशोर महतोले २ विकेट लिए । त्यस्तै बुटवलका नितेश थापाले २ तथा अविनाश बोहरा, कमल खत्री र हर्ष टंकले समान १÷१ विकेट लिए । प्रतियोेगितामा ६ टिमको सहभागिता रहेको थियो ।