फेवाताल संरक्षण गर्न ४ ठाउँमा सिल्टेसन ड्याम निर्माण गरिने


पोखरा – पोखराको फेवाताल संरक्षण गर्न २८ करोड १४ लाख रुपैयाको लागतमा ४ ठाउँमा सिल्टेसन ड्याम निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयुक्त लगानी फेवाताल संरक्षण कार्यक्रम अन्र्तगत पहिलो चरणमा मुख्य ४ ठाउँमा सिल्टेसन ड्याम निर्माण गरिने कार्य सुरु भएको छ ।

फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पोखरा २४ स्थित बेतयनी खोला र लौरुक खोला, पोखरा २३ र २४ को अधेरी खोला तथा पोखरा २३ स्थित हर्पन खोला घाँटी छिना गरि ४ वटा आयोजना मार्फत चेकड्याम र सिल्टपोखरी निर्माण गरिने भएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । गत भदौ महिनाको अन्तिममा भएको सम्झौता अनुसार २ वटा कम्पनिले १५ महिना भित्र २८ करोड १६ लाख १० हजार ९ सय ९२ रुपैयामा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु भएको उनले जनाए । बेतयनी खोला आयोजना स्याङ्जाको श्री गीता÷जयनेपाल इश्वर जेभी, लौरुक खोला, अधेरी खोला तथा हर्पन खोला गरि ३ वटा आयोजना दाङको खड्का कृष्ण÷पि.के जेभी निर्माण गर्नेगरि सम्झौता भएको महानगरका बरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले बताए ।

आयोजना एक मा ५ करोड ४६ लाख ५८ हजार ९ सय ७५ रुपैयाको लागतमा बेतयनी खोला, पोखरा २४ मा चेकड्याम र सिल्टपोखरी निर्माण गरिने भएको छ । उक्त पोखरीको चेकड्याम लम्बाइ ५० मिटर, चौडाइ ५० मिटर, उचाइ ४ मिटरको हुने भएको छ । दोश्रो आयोजना लौरुक खोला पोखरा २४ मा चेकड्याम र सिल्टपोखरी निर्माण गर्न ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८ रुपैया लाग्ने भएको छ । उक्त चेकड्याम को लम्बाइ ५० मिटर, चौडाइ ५० मिटर, उचाइ ४ मिटरको हुने भएको महानगरले जनाएको छ । तेश्रो आयोजनाको लागि अधेरी खोला पोखरा २३ र २४ मा चेकड्याम र सिल्टपोखरी निर्माण गर्न ९ करोड ६ लाख ४ हजार ५ सय ५८ रुपैया लाग्ने भएको छ भने उक्त चेकड्याम लम्बाइ १ सय मिटर, चौडाइ १ सय मिटर, उचाइ ४ मिटरको हुने भएको छ । त्यसै गरी चौथो आयोजना हर्पन खोला घाँटी छिना पोखरा २३ मा चेकड्याम र सिल्टपोखरी निर्माण गर्न ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपैया लाग्ने भएको बरिष्ठ इन्जिनियर काफ्लेले बताए । उनका अनुसार उक्त चेकड्यामको लम्बाइ १ सय मिटर, चौडाइ १ सय मिटर, उचाइ ४ मिटरको हुनेछ ।

यसैबिच, उक्त सिल्टेसन ड्याम को एक समारोहका बिच बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्दै फेवाताल संरक्षणमा प्रदेश सरकार कटिवद्ध भएको बताए । संघिय सरकारले फेवातालको समयमै सिमाङकन गर्न सके फेवाताल संरक्षण गर्न फेवातालको सिमामा पिल्लर राख्न समेत आफुहरुले स्थानिय सरकारसंग समन्वय गरी अघि बढ्ने योजना रहेको उनले जनाए । प्रधानमन्त्री केपी शर्मा ओली, संघिय भूमि सुधार मन्त्रालयमा समेत फेवातालको सिमाङकन गर्ने बिषयमा पटक पटक भन्दै र पत्र दिए पनि अबको २÷३ महिनामा केही काम हुने आशामा आफुहरु रहेको मुख्यमन्त्री गुरुङले जनाए । समयमै फेवातालको सिमाङकन गर्न नसक्दा फेवातालको विकासमा अबरोध सृजना भएको उनले जनाए । डोजरे विकास र जथभावी रुपमा खनिएका कच्ची सडकले नेपालको हावापानीलाई नै प्रभाव पार्ने गरेको मुख्यमन्त्री गुरुङले टिप्पर्णी गरे । ताल विकास प्राधिकरण गठन भएको खण्डमा पोखरा सहित गण्डकी प्रदेशका दुर्लभ तालहरुको समेत संरक्षण र प्रबद्र्धन हुने उनले जनाए ।

यस बर्ष मात्र करिब समपुरक अनुदान सहितको रकमबाट २ अर्बको सडक बन्ने भएको मुख्यमन्त्री गुरुङले दाबी गरे । संघिय सरकारले प्रदेशका ११ वटा सडकलाई मात्र रोजेको बताउदै उनले सवै भन्दा बढी एक अर्ब जसो मसपुरक अनुदान प्रदेशमा प्राप्त हुने जनाए । प्रदेशको एक अर्ब थप गरी ११ वटा समपुरक सडक निर्माण गर्ने भएको मुख्यमन्त्री गुरुङले जनाए । ८ मिटरको फरालिको पिच सडक बनाउने बताएका उनले यस बर्ष छुट भएकालाई अर्को बर्ष बहुबर्षीयमा राख्ने जनाए । यस बर्ष करिब ८० करोड आधारभुत खानेपानीको लागि बिषेश अनुदान प्राप्त हुने भएको उनले जनाए । करोडौंका यहाँ हजारौं प्रोजेक्ट भएको मुख्यमन्त्री गुरुङको भनाई छ । फेवातालको समयमै संरक्षण गर्न नसके कुनै दिन फेवाताल एकादेशको कथाको रुपमा परिणत हुन सक्ने उप—मेयर मन्जुदेवि गुरुङले बताइन्।