बार्सिलोनामा तमु ल्होसार मनाईदै, राजदूत दावा फूटी सहभागी बन्ने


फाईल तस्बिर:-

बार्सिलोना। तमु समाज बार्सिलोनाले यसपटकपनि बिशेष कार्यक्रमसहित तमु ल्होसार मनाउने भएको छ। आगामी आईतबार बार्सिलोनामा नेपाली मौलिकता झल्काउने साँस्कृतिक कार्यक्रमसहित ल्होसार मनाउने भएको हो। समाजले यसपटकसहित गरी १३ औँ पटक कार्यक्रमसहित ल्होसार मनाउन लागेको जनाएको छ। सन् २००७ मा स्थापना भएको संस्थाले हरेक बर्ष ल्होसारको अबसरमा स्पेनबासी नेपालीहरुलाई एउटै मञ्चमा जुटाउँदै आएको छ। 

कार्यक्रममा प्रमुखअतिथिको रुपमा म्याड्रिडस्थित नेपाली दूतावासमा कार्यभार सम्हालेकी नवनियुक्त राजदूत दावा फूटी शेर्पाले सहभागिता जनाउने समाजका अध्यक्ष गौतम गुरुङले जानकारी दिए। उनले भने,”गत महिनादेखि कार्यभार सम्हाल्नुभएकी महामहिम ज्यूको पहिलो औपचारिक कार्यक्रम ल्होसार बन्नेहुँदा हामी झनै उत्साहित छौ। बार्सिलोनामा ठुलो संख्यामा रहेको नेपाली समुदायलाई उहाँले सम्बोधन गर्नुहुने हुँदापनि कार्यक्रम अझै सफल बन्नेमा बिश्वस्त रहेका छौ।”

कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने भएको छ।  गुरुङ् गीतहरु लगायत नेपाली मौलिकता झल्काउने गीत संगीतहरु कलाकारहरुले प्रस्तुत गर्ने आयोजकले जनाएको छ। कार्यक्रमका लागि प्रबेश शुल्क १० युरो तोकिएको छ। 

कार्यक्रमबारे पूर्ण बिबरण:-

  • मिति:- २९ डिसेम्बर,आईतबार २०१९ 
  • स्थान:-Casinet,C/Rector triador 53,Barcelona
  • समय:-दिउँसो ४ बजे देखि राति १०:३० बजेसम्म 
  • प्रबेश शुल्क:- १० युरो, (बालबालिकाहरुलागि निशुल्क)