स्पेनमा भ्रमणबर्षको लोगोअंकित टिसर्टहरु सार्बजनिक


बार्सिलोना । नेपाल भ्रमणबर्ष २०२० को प्रचारप्रसार तथा पर्यटन प्रवद्वनका लागि स्पेनमा टिसर्टहरु सार्बजनिक गरिएको छ।प्रवासी नेपाली एकता मञ्च स्पेनले सोमबार बार्सिलोनामा भ्रमण वर्षको लोगो अंकित टिसर्टहरु सार्बजनिक गरेको हो। स्पेनका लागि नवनियुक्त महामहिम राजदूत दावा फुटी शेर्पाले पर्यटन प्रवद्वनका लागि भएको प्रयासको मुक्तकण्ठले प्रंशसा गरिन्। 

कार्यक्रममा प्रमूख अतिथिको रुपमा बोल्दै उनले भनिन्”नेपाल भ्रमणबर्षलाई सफल पार्नका लागि स्पेनका रहेका सम्पूर्ण संघसंस्थाहरुलाई यसरी नै हातेमालो गर्दै अघि बढ्न अनुरोध गर्दछु।” कार्यक्रममा बर्ष २०२० को अबसरमा छापिएका भित्तेपात्रोहरु समेत बिमोचन गरिएको थियो। 

कार्यक्रममा एनआएनए अन्तराष्ट्रिय समन्वय परिषद यूरोप उपसंयोजक मुक्त गुरुङ, एनआरएनए आइसिसि सदस्य चिन्तामणी सापकोटा, एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ,प्रवासी नेपाली एकता मञ्च स्पेनका नेता गंगाप्रसाद भुसाल लगायतले बोलेका थिए। 

 मञ्चका संयोजक हेम शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव अशोक किरण न्यौपानेले गरेका थिए।