पोखरामा सडकबाटै नयाँ वर्षको भव्य स्वागत


पोखरा- पर्यटकीय नगरी पोखरामा अग्रेजी वर्ष २०१९ लाई बिदाइ र २०२० लाई सडमबाटै भब्य रुपमा स्वागत गरेका छन् । पोखराको लेकसाइडमा हजारौ स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न कार्यक्रममा रमाउदै नयाँ बर्षको स्वागत गरे । पोखराको लेकसाइड स्थित विभिन्न ठाउँमा भएका कार्यक्रममा नयाँ बर्ष मनाउन भेला भएकाहरु कोमागाने पार्कमा राजु लामाको प्रस्तुतीमा नाच्दै नयाँ बर्षको शुभकामना दिए ।
त्यती मात्रै हैन । आतिसबाजि हुदाँ निकै उत्साही हुदै शुभकामना साटासाट गरे । आफ्ना परिवार, साथी संग घुम्न जाने, विभिन्न कार्यक्रम आयोजना गर्ने, अनि रमाउदै नयाँ बर्षको स्वागत गर्ने प्रमुख गन्तब्य बनेको पोखरा सडक महोत्वका संयोजनक लक्ष्मण बरालले बताए । उनले अंग्रेजी होस् या नेपाली नयाँबर्ष पोखरा सबैको पहिलो रोजाइमा पर्ने गरेको बताए ।
पोखराको लेकसाइडमा अग्रेजी नयाँ वर्षलाई लक्ष्त गरेर विगत २१ वर्ष देखी सडक महोत्सव हुदै आएको छ । रेवान पोखरा आयोजनामा भएको पोखरा सडक महोत्सवमा रम्दै नयाँ वर्षको स्वागत गर्न आन्तरीक तथा विदेशी पर्यटक र पोखरेलीहरु लेकसाइडमा मानव सागर उर्लिएको उनले बताए ।
रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सवमा बुधबार रातीबाट सकिएको छ ।सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका विगत २१ वर्ष देखी हुदै आएको महोत्सवमा पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषाले मुख्य आक्रषण रहेको थियो । लेकसाइड क्षेत्रको साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव संचालन भएको थियो ।