दशौ पोखरा महोत्सवलाई पोखराका संघसस्था तथा महिला समुहको साथ


पोखरा । अगामी पुसको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा हुने दशौ संस्करणको पोखरा महोत्सवलाई विभिन्न संघसंस्थाको साथ रहने भएको छ ।

युनाईटेड क्लवको आयोजनामा हुने महोत्सवलाई सभ्य र भब्य रुपमा सफल बनाउन पोखरामा रहेका आमा तथा महिला समुह, टोल बिकास संस्था, संघ सस्था, बुद्धिजिवी, समाजसेवी, नागरिक समाजले सहयोग गर्ने भएको हो ।

हालै सम्पन्न भेलामा सहभागीहरुले सामाजिक कामबाट पोखरामा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवको पोखरा महोत्सवलाई आआफ्नो ठाउबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।

सो अवसरमा वोल्दै दशौ पोखरा महोत्सवको झांकी ¥याली ब्यवस्थापन उपसमिती संयोजक पवित्रादेवी गुरुङले विगतका महोत्सवहरुमा जस्तै यो पटकको महोत्सवमा पनि पोखरामा रहेका संघसंस्था, आमा÷महिला समुह लगायतको झांकी तथा र्यालीहरुलाई सहयोग गर्नका लागि आग्रह गर्दै समन्वय गरिरहेको वताइन ।

त्यस्तै महोत्सवका संघसंस्था समन्वय उपसमिति संयोजक सिमा गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लवले पोखरा र आसपासका क्षेत्रमा सामाजिक काम गर्दै आइरहेकाले पनि पोखरामा रहेका संघ सस्थाहरुलाई पोखरा महोत्सवलाई भब्य र सभ्य रुपमा सफल वनाउनका लागि सहयोग गरिदिनका लागी संघ संसाथहरु संग समन्वय गरिरहेको र उहांहरुको साथ रहनेमा आफु ढुक्क रहेको वताइन ।

महिला तथा आमा समुह परिचालन उपसमिति संयोजक शान्ति सुवेदीले पोखरा महोत्सवलाई पोखरा महानगरभित्रका महिला तथा आमा समुहहरुलाई पोखरा महोत्सवलाई सफल बनाउनका लागी सहयोग गरिदिनका लागी आफ्नो उपसमितीले सहयोगको अपेक्षा सहित समन्वय गरिरहेको वताइन ।

अन्तरक्रिया कार्यक्रममा पोखरामा रहेका विभिन्न संघ सस्था, महिला तथा आमा समुह, टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले अघिल्लो संस्करणको पोखरा महोत्सवलाई जस्तै दशौ पोखरा महोत्सवलाई समेत अघिल्लो संस्करणमा जस्तो पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।

युनाईटेड क्लवका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष तथा सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजक राजु श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको संचालन प्रचारप्रसार उपसमिति संयोजक शान्तबहादुर थापाले गरेका थिए ।