भ्रमण बर्षको सुरुवात गर्दै ईनासको ७३ औं शाखाको अष्ट्रियामा समुदघाटन


भियना। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ७३ औं देशमा पुगेको छ। आईतबार अष्ट्रियाको भियनामा एक कार्यक्रमबीच समुदघाटन गरिएको ईनास अष्ट्रियाको एक महिना अगाडी ७३ औ शाखाको रुपमा गठन भएको थियो । गैर आबासीय नेपाली संघ (एनआरएनए) पछि सबैभन्दा ठुलो संजालको हिस्सा ईनासले लिएको हो। विश्वभरी छरिएर रहेका नेपाली कला तथा साहित्य प्रेमी नेपालीहरुको साझा सस्थाको रुपमा ईनास निकै सक्रिय र लोकप्रिय संस्था हो। 

ईनास अष्ट्रियामा सन्तोषी भण्डारी (स्याण्डी) को नेतृत्वमा कार्यसमिति गठन भएको छ। इनास ग्लोवल अध्यक्ष कमला दाहालले अष्ट्रिया समिति तथा केन्द्रिय प्रतिनिधिलिई सपथ ग्रहण गराएकी थिईन्।यसअघि कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली कला संस्कृति र साहित्यलाई चिनाउन मात्र नभई नेपाल पर्यटन बर्ष २०२० लाई सफल पार्न ईनासका सबै शाखाहरु सक्रिय हुनुपर्नेमा जोड दिईन्। 

नेपाली राजदूताबास भियनाका उपनियोग प्रमुख अम्वर वहादुर कार्कीले कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ईनास कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामाना ब्यक्त गरे। 

कार्यक्रममा ईनास ग्लोवलका सल्लाहकार मित्रलाल पार्दे,महासचिव मनिष श्रेष्ठ, युरोप संयोजक सन्त कुमार थापा मगर, ईनास अष्ट्रियाका संरक्षक आन्द्रेयास रेन्नेर लगायतले बोलेका थिए। 

पर्यटन बर्ष २०२० को सुरुवात:-

नेपाल भ्रमण वर्ष सफल पार्न अष्ट्रियाका पर्यटकहरुलाई लक्षित गर्दै ईनासले पर्यटन प्रवद्वन बिशेष कार्यक्रम सम्पन्न गरेको छ। उक्त अबसरमा भ्रमण वर्षलाई लक्षित गर्दै पोष्टर तथा भिडियो सामग्री तथा गीत,संगीत प्रस्तुत गरिएको थियो। 

कार्यक्रममा बक्ताहरुले नेपालको भ्रमण गर्न र आफ्ना अष्ट्रियन साथीलाई नेपाल भ्रमणमा प्रोत्साहित गर्न आग्रह गरेका थिए। अष्ट्रियन नागरिकहरुको समेत उल्लेख्य सहभागिता रहेको कार्यक्रममा स्थानीय कलाकारहरुले गीत तथा संगीत प्रस्तुत गर्दै मनोरन्जन प्रदान गरेका थिए।