स्विट्जरल्याण्डबाट तनहुँका स्कुलहरुमा सहयोग


जुरिच। स्विट्जरल्याण्डबाट तनहुँ आबुखैरेनी गाउँपालिकास्थित तीनवटा प्राथमिक बिद्यालयहरुमा सहयोग पुगेको छ। स्विट्जरल्याण्ड निवासी आना क्याप्टेनले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा स्कुल पोशाक खरिदका लागि सहयोग पठाएका हुन्। क्यान्सर रोगबाट ग्रसित आनाले बिद्यार्थीहरुमा खुशी छाओस् भन्ने कामानासहित १ हजार स्वीस फ्रान्क सहयोग गरेका थिए। 

स्विट्जरल्याण्ड निवासी प्रेम भारतीमार्फत गरिव तथा जेहेन्दार बिद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री बितरण गरिएको छ। श्री अन्नपूर्ण आधारभूत बिद्यालय आबुखैरनीका २० जना बिद्यार्थीहरु,श्री सातकन्या प्रावि खानीखोलाका १० बिद्यार्थीहरु र श्री आँबु आधारभूत बिद्यालयका १४ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु बितरण गरिएको हो। 

आबुखैरेनी निवासी तनकुमार श्रेष्ठको पहलमा हालै उक्त बिद्यालयहरुमा सहयोग हस्तान्तरण गरिएको हो।