मन्त्रीले गरे रन शुजको डिलरको उद्घाटन


पोखरा- नेपालमै उत्पादित रन शुजको नयाँशो रुम पोखरामा खुलेको छ । गण्डकी र धौलागिरीको आधिकारिक विक्रेताको रुपमा देवगंगाशुज सेन्टर पोखराको सभागृहचोकमा शुरु भएको हो । रन शुजको शो रुमआईतबार गण्डकी प्रदेशका पर्यटन तथाउद्योग मन्त्रीविकास लम्सालले उद्घाटन गरे ।

शो रुमको उद्घाटन गर्दै मन्त्री लम्सालले नेपाली उत्पादनलाई बढावा दिने गण्डकी प्रदेश सरकारको नीति रहेको बताए । ‘नेपाली उत्पादनबाटै नेपाल आत्मनिर्भर हुनुपर्छ भन्ने सरकारको मान्यताहो । र, नेपाली उत्पादनलाई बढावा दिईरहँदा यसले नेपालमै रोजगारीको सृजनापनि गर्ने भएकोले हामी नीतिगत रुपमै यस्ता उत्पादनलाई प्रचार गर्न सहयोग गर्र्छाैँ ।’ लम्सालले भने–‘हरेक सर्वसाधारणले पनि नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्नआवश्यक छ ।’

मन्त्रीलम्सालले हरेक क्षेत्रमा नेपाली सामानको उत्पादन गर्न सके नेपाल आत्मनिर्भर बन्नुका साथै यहाँको पैसा विदेश जानकमहुने बताए । यसो हुँदा देशमाउद्यमशिलता, व्यापार, रोजगारीमा सकारात्मकप्रभाव पर्ने र राज्यको आम्दानीपनि बढ्ने उनले विश्वास दिलाए । गण्डकी प्रदेश सरकारले नेपालीउद्योग र तिनीहरुले गर्ने उत्पादनलाई अझै बढाउन आवश्यकपुर्वाधार बनाउने तयारी गरिरहेको उनले जानकारी दिए ।

त्यस्तै शो रुम उद्घाटनमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले नेपालीउत्पादनको रुपमा रन शुज राम्रो ब्राण्ड भएको प्रतिक्रियादिए । उनले नेपाली उत्पादनलाई ग्राहकको विश्वास दिलाउनका लागि गुणस्तरमा ध्यानदिने आग्रह समेत गरे ।

हर्क लामिछाने र सुशिलकुमारी केसीको लगानीमा संचालनमा आएको शो रुममा रन शुजबाट उत्पादित हरेक प्रकारका जुत्ताहरु उपलब्ध छन् ।