रुपा मेला २०७६ सम्पन्न, रुपाको विकाशको लागि प्रदेश सरकार तयार ः मन्त्री गुरुङ


लेखनाथ । गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा रुपा मेला २०७६ समापन समारोह एवं धुर्बतारा क्लबको २० औ बार्षिकोत्सब सम्पन्न भएको छ ।

समापन समारोहमा वोल्दै मन्त्री गुरुङले रुपाले पर्यटन बिकासमा ठुलो फड्कोे मार्न लागिरहेको र प्रदेश सरकारको तर्फबाट आबश्यक सहयोग रहने प्रतिबद्दता जनाउदै सम्पुर्ण रुपा बासिलाइ एकजुट हुन आग्रह गरेका छन् ।

सो अवसरमा क्लबलाई विभिन्न क्षेत्रमा रहेर सहयोग गर्ने नारायण गुरुङ, धुर्बतारा यु ए इ शाखा संस्थापक अर्जुन गुरुङ, क्लब सदस्य इन्जिनियर खुसी मोहमद मिया र रास्ट्रिय भलिबल रेफ्री गोपाल थापालाई धुर्बतारा सम्मान २०७६ बाट सम्मान गरियको थियो ।

प्रमुख अतिथी र गाँउपालिका अध्यक्ष नवराज ओझाले सयुक्त रुपमा सम्मान गरिएको उक्त मेलामा खादा, ब्याज र आयातित मायाको चिनोलाई पुर्ण रुपमा बन्द गरी रुपा गाउपालिका भित्रका उत्पादित स्थानिय बस्तुलाइ मायाको चिनोको रुपमा प्रदान गरिएको थियो ।

समारोहमा गाउँपालिका प्रमुख नबराज ओझा तथा रुपाकोट रिसोर्टका प्रोप्राइटर पुष्पराज अधिकारी लगायतले आफ्ना भनाइ राखेका थिए ।

मेलामा आयोजित झाँकी प्रदर्सनी प्रतियोगितामा शान्ती रुपा बराहथोक तमु समाज प्रथम, नेवा खल देउराली दितिय, चिसापानी समाजले तृतिय स्थान प्राप्त गरेका छन् । त्यस्तै एकल नृत्य प्रतियोगितातर्फ नेहा गुरुङ देउराली प्रथम, कृपा लामिछाने धर्मडाँडा दितिय र बिपिन कुमाल पोल्याङले तृतिय स्थान हासिल गरेका छन् ।

यसैगरी प्राबि तहको हाजिरी जवाफ प्रतियोगितामा गाउफर्क आबि प्रथम, कालिका आबि दितिय र रुपा ज्योती माबिले तृतिय स्थान प्राप्त गरेका थिए । रुपा मेलाको बिशेष आकर्सण १६ औं ध्रुबतारा भलिबल प्रतियोगिताको उपाधी आयोजक धुर्ब तारा क्लबले आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

उपाधीसंगै नगद ५५ हजार पाँच सय ५५, ट्रफी र मेडल प्राप्त गरेको छ । यसै गरी दितिय स्थान अन्नपुर्ण क्लब देउराली र तृतिय स्थान रुपाताल तमु समाज लेखनाथले प्राप्त गरे । रुपा मेला २०७६ लाई रुपाकोट रिसोर्टको मुख्य प्रायोजन र शिबम सिमेन्टको सहप्रायोजन रहेको थियो ।

क्लबले भ्रर्मण बर्ष २०२० लाइ लक्षित गरी यसै मेलाको उद्घाटन समारोहमा माननिय सांसद खगराज अधिकारीबाट क्लबको पहलमा निर्मित हात्तिमैता भ्यु टावर र नेपालकै ठुलो ४३ फिट अग्लो राष्ट्रिय झण्डाको उद्घाटन गरी रुपाको पर्यटन बिकासलाइ साथ दिइएको थियो । अहिले रुपाकोट जाने आन्तरिक पर्यटकको लागी टावर र झण्डा रोजाइको गन्तब्य बनेको छ ।