कास्की काँग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र


पोखरा- सूचना प्रविधि विधेयक फिर्ता गर्न माग गर्दै कास्की काँग्रसले आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कास्कीमार्फत् ज्ञापनपत्र पठाइएको हो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

ज्ञापनपत्र बुझाउन काँग्रेस नेता शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, संविधानसभा सदस्य शारदा पौडेललगायतका नेता तथा कार्यकर्ता जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

संविधानले प्रत्याभूत गरेका मौलिक हक विपरीत सूचना प्रविधि विधेयक रहेको भन्दै त्यसबाट सरकारको चरित्र पर्दाफास भएको उल्लेख गरे ।

नागरिकको फोन ट्यापसम्म गर्न सक्ने, सामाजिक सञ्जालमा कसैलाई व्यङ्ग्य गरेबापत ५ वर्ष जेल र १५ लाख जरिवाना तिर्न पर्ने प्रावधानले व्यक्तिगत गोपनियताको संवैधानिक अधिकार हनन हुने र आलोचना एवं व्यङ्ग्य गर्न पाउने नागरिकको स्वतन्त्रता समाप्त गर्न खोजिएको भन्दै विधेयकप्रति आपत्ति जनाइएको छ ।