गुप्तेश्वर क्याम्पसको वार्षिकउत्सव सम्पन्न


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको बाह्रौ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिमप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले नेपालका शैक्षिक संस्थाहरुले शिक्षालाई गुणस्तरीय बनाउनु पर्ने र क्याम्पसका शिक्षालाई गुणस्तरीय बनाउन विश्वविद्यालय अनुदान आयोगले क्यू.ए.ए.को अवधारण ल्याएको बताउनु भयो साथै उहाँले शिक्षालाई अनुसन्धानात्मक एवं आधुनिक प्रविधिद्वारा अध्यापन गराउनु पर्ने कुरालाई जोड दिनुभएको थियो । वहाँले क्याम्पसको र्शै्क्षिक तथा भौतिक विकासका लागि विश्वविद्यालय अनुदान आयोगले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सभाका सदस्य माननीय विन्दादेवी आले मगरले समुदायबाट सञ्चालीय क्याम्पसको प्रगति सुन्न र देख्न पाउदा ज्यादै हर्षित भएको बताउनु भएको थियो । विशिष्ट अतिथि गण्डकी प्रदेशका सदस्य माननीय कृष्ण थापाले क्याम्पसको विकासका लागि प्रदेशबाट गर्नु पर्ने सहयोगको लागि पूर्णरुपमा लाग्ने कुरामा जोड दिनुभएको थियो ।

विशेष अतिथिका रुपमा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले वडाभित्र भएका एकमात्र क्याम्पसको विकासले सिङ्गो वडाकै गौरभ भएको र वडाबाट गर्नुपर्ने विकासका काममा सदैव तत्पर रहेको कुरा वताउनु भएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष खगराज आचार्यले क्याम्पस स्थापनादेखि हालसम्म आउँदा क्याम्पसले निकै प्रगति गरेकाले आफु हर्षित भएको कुरा बताउनु भएको थियो, पूर्व अध्यक्षद्वय बरिष्ठ अधिवक्ता तिलकप्रसाद आचार्यले समुदाय मिलेर गएमा कुनै पनि विकास गर्न सकिने उदाहरण क्याम्पस रहेको वताउनु भएको थियो भने प्रा.डा. भूपति ढकाल ‘कमल’ले आफ्नो कार्यकालका केहि काम गर्न वाँकी रहेकाले उक्त कार्यहरु पुरा गर्न सुझाव व्यक्त गर्नु भएको थियो ।

नेपाल कम्युनिष्ट पाटी १७ का अध्यक्ष सुवास ढुङ्गानाले क्याम्पसको सर्वाङ्गिण विकासका लागि हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो, नेपाली काँग्रेस १७ का सभापति देवराज आचार्यले शैक्षिक तथा भौतिक विकासमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने कुरामा जोड दिनुभएको थियो ।

छोरेपाटन मा.वि.का अध्यक्ष झन्द्रिराज रेग्मीले क्याम्पसको नतिजा उत्कृष्ट भएकाले सामुदायिक विद्यालयका विद्यार्थीहरु आकर्षित भएको कुरा वताउनु भएको थियो । सम्मानीत व्यक्तिहरुको तर्फबाट भेषराज बराल, अभिभावकको तर्फबाट देवी बराल, विद्यार्थी अध्यक्ष लेखनाथ बराल (सविन) क्याम्पस प्रमुख धर्मराज बरालले क्याम्पसको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा खेलकुद तथा वौद्धक कार्यक्रम साथै शैक्षिक पुरस्कार पनि वितरण भएको थियो । विद्यार्थीका सांस्कृतिक कार्यक्रमले कार्यक्रमलाई थप रोचक बनाएको थियो । नृत्यमा प्रथम, द्वितिय र तृतीय भएका समुहलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष एवं प्रारम्भिक कार्य समितिका संयोजक खगराज शर्मा आचार्य, संस्थापक सदस्य, विधान मस्यौदा समिति संयोजक, प्रारम्भिक कार्य समिति सदस्य एवं पूर्व अध्यक्ष बरिष्ठ अधिवक्ता तिलकप्रसाद आचार्य, पूर्व सदस्य एवं निर्वतमान अध्यक्ष प्रा.डा. भूपति ढकाल ‘कमल’ क्याम्पस संचालक समिति पूर्व सदस्य एवं भवन निर्माण समितिका संयोजक तीर्थराज अधिकारी, प्रारम्भिक कार्य समिति सदस्य, विधान मस्यौदा समिति सदस्य एव विधान संशोधन समिति सदस्य भेषराज बराल, विधान मस्यौदा समिति सदस्य, विधान संशोधन समिति संयोजक तथा क्याम्पस सञ्चालक समिति पूर्व सदस्य योगनाथ ढकाललाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

संस्थापक सदस्य ई. श्यामजी वास्तोला, संस्थापक सदस्य एवं प्रारम्भिक कार्य समिति सदस्य लक्ष्मण थापा, संस्थापक सदस्य एवं विधान मस्यौदा समिति सदस्य रविलाल शर्मा, संस्थापक सदस्य एवं विधान मस्यौदा समिति सदस्य ऋतुनाथ लम्साल, संस्थापक सदस्य तुलसीराम बराल, संस्थापक सदस्य एवं विधान मस्यौदा समिति सदस्य चिजकाजी गुरुङ, संस्थापक सदस्य लक्ष्मी पौडेल, संस्थापक सदस्य रामचन्द्र गुरुङ, संस्थापक सदस्य ऋषिराम बराल लाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

विधान संशोधन समिति सदस्य तथा क्याम्पस सञ्चालक समिति पूर्व सदस्य एवं कोषाध्यक्ष यदुप्रसाद कंडेल, क्याम्पस सञ्चालक समिति पूर्व सदस्य टिकाराम पौडेल, क्याम्पस सञ्चालक समिति पूर्व सदस्य देविबहादुर थापा, क्याम्पस सञ्चालक समिति पूर्व सदस्य राजेन्द्र प्रसाद आचार्य, विधान मस्यौदा समिति सदस्य एवं पूर्व निमित्त क्याम्पस प्रमुख माधव वियोगी, विधान (नियमावली) संशोधन समिति सदस्य पदमबहादुर थापा, क्याम्पस सञ्चालक समिति पूर्व सदस्य स्वर्गीय शालिग्राम पराजुली र क्याम्पस सञ्चालक समिति पूर्व सदस्य लेखनाथ बराललाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

क्याम्पस सञ्चालक समितिका सदस्य एवं गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै प्रमुख संरक्षक संस्थाको हैसियतले क्याम्पस विकासको लागि कुनै पनि सहयोग गर्न तत्पर रहेको कुरा राख्नुभएको थियो ।

कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा. टंकराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले मन्तव्यमा आएका सुझावलाई क्रमश कार्यान्वयन गर्दै गुणस्तरीय शिक्षा, भौतिक विकास र शिक्षक कर्मचारीको क्षमता विकासका लागि कटिवद्ध रहेको कुरा बताउनु भएको थियो ।

साथै क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष ज्ञाज शर्माले अतिथि एवं उपस्थित सम्पूर्ण महानुभावहरुलाई कार्यक्रम सफल बनाइदिनु भएकोमा धन्यवादन ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ बरालले गर्नुभएको थियो ।