घरमै विमाको रकम हस्तान्तरण


पोखरा । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले विमाको रकम घरमै गएर हस्तान्तरण गरेको छ ।

कम्पनीका क्षेत्रीय प्रमुख बाबुराम पौडेलले पर्बत जिल्ला मोदी गाउँपालिका वडा नं ७ राम्जा देउराली बस्ने स्वर्गिय उदयबहादुर क्षेत्रीको श्रीमति पार्वती क्षेत्रीलार्ई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा कम्पनीको पोखरा क्षेत्रीय कार्यालयका मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेना, अधिकृत प्रकाश रेग्मी, बाग्लुङ शाखा प्रमुख विष्णुप्रसाद तिवारी, एजेन्सी मेनेजर राजन शर्मा लगायतले आफ्नो भनाई राखेका थिए।

स्वर्गिय क्षेत्रीले १० लाख रुपैयाँको बैदेशिक रोजगार म्यादी बीमा गरेकामा २०७६ कार्तिक ४ गते बैदेशिक रोजगारको सिलसिलामा कतारमा दुर्घटनामा परी मृत्यु भएको थियो।