लोकदोहोरीमय बन्दै बार्सिलोना


बार्सिलोना। स्पेनको पर्यटकीय शहर बार्सिलोना लोकदोहोरीमय बन्ने भएको छ। चर्चित लोकदोहोरी कलाकारहरु खुमन अधिकारी र रमिला न्यौपानेले आज बार्सिलोना तताउने भएका हुन्। स्याङ्जा सहयोग समाज स्पेनले “लोकदोहोरी सांगीतिक साँझ- २०२०” नाम दिईएको कार्यक्रमको आयोजना गर्न लागेको हो। 

युरोपका बिभिन्न देशहरुको सांगीतिक यात्रामा रहेका कलाकारहरु प्रस्तुतिका लागि बार्सिलोना आईपुगेका छन्। स्थानीय कलाकारहरुको समेत बिशेष प्रस्तुति रहने उक्त कार्यक्रममा सहभागी बन्न स्पेनबासि नेपाली समुदायलाई समाजले अनुरोध गरेको छ। कार्यक्रमका लागी टिकट शुल्क ५ युरो तोकिएको छ। 

कार्यक्रमबारे पूर्ण बिबरण:-

  • मिति:- २६ जनवरी २०२० आईतबार 
  • स्थान:- calle Rector Triado 53 
  • समय:- बेलुकी ५ बजे देखि राति १० बजेसम्म 
  • आयोजक:-स्याङ्जा सहयोग समाज स्पेन
  • टिकट शुल्क :-५ युरो (बालबालिकाहरुका लागि निशुल्क)