लोकदोहोरीमा झुम्यो बार्सिलोना


बार्सिलोना। चर्चित लोकदोहोरी कलाकारहरु खुमन अधिकारी र रमिला न्यौपानेसँगै दर्शकहरु रमाएका छन्। स्पेनको बार्सिलोनामा आईतबार सम्पन्न बिशेष सांगीतिक कार्यक्रममा कलाकारहरुले आफ्नो प्रस्तुतिसँगै दर्शकहरुको मन जितेका हुन्। युरोपको चिसो मौसममा नेपाली लोकदोहोरी गीतहरु घन्कदा संगीत बाताबरण निकै तातेको थियो। 

स्याङ्जा सहयोग समाज स्पेनको आयोजनामा सम्पन्न कार्यक्रममा पन्चेबाजाका गीत,एकल गीत तथा कलाकारहरुको दोहोरी घम्साघसीले पनि दर्शकहरु रमाएका थिए। सोहि कार्यक्रममा  समाजले नेपाली पाठशाला बार्सिलोनाका बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु बितरण गर्दै प्रोत्साहन गरेको थियो। भने गतबर्ष आफ्नै जिल्लाबासी पुजन कोईरालालाई सडक दुर्घटनामा गुमाएकोमा समाजले स्मरण गर्दै उनको निधनपछि कानुनि प्रक्रियामा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गर्यो।  

समाजका अध्यक्ष बिमल गुररुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी एनआरएनए  युरोप उपसंयोजक मुक्तबहादुर गुरुङ थिए भने कार्यक्रमको संयोजन दिपक भट्टराईले गरेका थिए ।