मिर्गौला पिडितलाई रानाभाटलाई समाजको सहयोग


पोखरा । रानाभाट/भाट समाज नेपाल पोखरा ९ एकाई अध्यक्ष विमला रानाभाटको पहलमा सहयोगी नेपाल संस्था चितवनले मृर्गौला पिडित युवराज रानाभाटलाई बुधबार सहयोग गरेको छ ।

मादी गाउँपालिका वडा नंं. ३ तारकाङ हाल मृगौला पिडित पोखरा २६ पट्यानी निवासी युवराज रानाभाटलाई कास्की जिल्ला संस्थापक अध्यक्ष तथा पुर्ब केन्द्रीय सदस्य बुद्धिबहादुर रानाभाटले हस्तान्तरण गरेका हुन ।

सो अवसरमा चितवन निवासी विनोद रानाभाट वचाउ अभियानमा संकलन भएको रकम बाट ५० हजार सहयोग गरिएको सहयोगी नेपाल संस्था चितवनका अध्यक्ष कृष्णबहादुर रानाभाटले वताए ।

कार्यक्रममा समाजका केन्द्रीय महासचिव हरि रानाभाट, सहयोगी नेपाल संस्थाका अध्यक्ष कृष्णबहादुर रानाभाट, सहयोगी नेपालका सचिव सामाजिक अभियान्ता अर्जुन भुषाल, रानाभाट/भाट समाज पोखरा २६ का अध्यक्ष नरेश कुमार बञ्जारा भाट, तारानाथ रानाभाट, दत्तबहादुर रानाभाट, शोभा रानाभाटलगाएतले वोलेका थिए ।