वेष्ट इन्डिजका विस्फोटक खेलाडी क्रिस गेल नेपाल आउने


काठमाण्डाै – वेष्ट इन्डिजका विस्फोटक खेलाडी क्रिस गेल नेपाल आउने पक्का भएका छन् । आसन्न एभरेष्ट प्रिमियर लिगका लागि नेपाल अाउने गेलल पोखरा राइनोजबाट खेल्नेछन् ।
लामो समयको प्रयासपछि गेलले ईपीएल खेल्न राजी भएको पोखरा राइनोजले जनाएको छ । उनी पोखराको आइकनिक खेलाडीसमेत रहेका छन् । ईपीएलको सफलताले गर्दा गेलले नेपालमा खेल्न राजी भएको टिमका मालिक दिपा अग्रवालले बताए। उनलाई नेपाल ल्याउनका लागि ६ महिना मेहेनत गरेको टिमको भनाइ छ । साहिल अग्रवालको स्वामित्वमा रहेको पोखरा राइनोजले काठमाडौंको सोल्टी होटलमा पत्रकार सम्मेलन गरी यसको घोषणा गरेको हो ।
गेल नेपाल आएपछि सबैले सेलिब्रेसन गर्ने इपीएल आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले जनाए ।
ईपीएल अागामी चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । गेलको नाममा सबभन्दा छिटो शतकको कीर्तिमान छ।