दश जना गायकको गीत दुरुस्तै गाउन सक्ने दोहोरी गायक – राजन कार्की


राजाराम पौडेल-

नेपाली महिलाहरुको महान् पर्व हरीतालीका तीज आउन केही दिन मात्र बाँकी रहदा विभिन्न खालका तीज गीतका एल्बम बजारमा आएका छन् । यसरी आएका अधिकांश तीज गीतले तीजको महत्व झल्काउने भन्दापनि तीजको पर्वको महत्वलाई घटाउदै गएको आम संस्कृतीप्रेमीको गुनासो छ । अनावश्यक विषयवस्तुको उरन्ठेउला शब्द सिर्जना तीज गीत गाउने अनि अनावश्यक तडकभडक म्युजिक भिडियो मार्फत देखाइ सस्तो लोकप्रियता हासील गर्ने सोचमा कलाकारहरु लागिपरेका देखिन्छ । तर यो भीडमा आफुलाई अलग राख्दै संस्कृतीको संरक्षण गर्दै तीजको महत्व नयाँ पिढिलाई बुझाउन गायक एवंम लय संकलक राजन कार्की लागेका छन् ।

हुनत कार्की आफै बजारमा आएका तीज गीतमा देखीएको विकृती प्रति भने चिन्तित नभएका भने होइनन् । विगत देखिनै तीजको अवसरमा गीत दर्शक श्रोतामाझ पस्कदै आएका उनले यसपाली पनि केही गीतमा आवाज त केही गीतको लय सिर्जना गरेका छन् । उनको सिर्जना र आवाजलाई धेरै मन पराइदिएका छन् । उनको आवाजमा रहेको ‘मलाई मन पराउने प्लस टु पढेकी’ गीत दर्शक श्रोताले मन पराएका छन् । प्रेम सागर पौडेलको शब्द रहेको गीतको लय कार्कीकै हो भने आवाजमा सञ्जु थापाले साथ दिएकी छन् । हुनत तीजको अवसरमा आएको घनश्याम रिजालका शब्द र आवाजमा रहेको गीत ‘घर शुन्य भो’ मा उनको लय संकलन रहेको छ भने आवाजमा रिजाललाई मधु चापागाई ले साथ दिएकी छन् । यसैगरी प्राप्ती पौडेलको शब्द सुरेन्द्र गुरुङ्ग र माया गुरुङ्गको आवाजमा रहेको ‘मेरो जिवन साथी’ बोलको गीतको लय संकलन कार्कीले नै गरेका हुन् ।

उनको लयमा रहेको ‘मोडल बन्न मन छ’ बोलको तीज गीत यतिबेलम चर्चामा छ । राम प्रसाद ढकाल, अमृत बराल र मुना थापाको आवाज रहेको यस गीतको शब्द संकलन कमल अर्यालले गरेका हुन् । त्यस्तै गरी पदम थापाको गीतमा समेत उनले लय सिर्जना गरेका छन् । रेडियो र टेलिभिजन मार्फत प्रशारण भै रहेका यी गीतहरु दर्शक श्रोताले मन पराएका छन् । यसरी तीजको अवसरमा विभिन्न गीतको लय संकलन र आवाज भरेका कार्की नयाँ एल्बमको तयारीमा समेत जुटेका छन् । अब केहि समयमानै सरकारी जागीर, कति फरक पायौ, रुमालले छेकिने लगायतका गीत दर्शक श्रोतामाझ पस्कने योजना उनले बनाएका छन् ।

larki

त्यसोत दश जना लोक दोहोरी क्षेत्रका हस्तीको आवाज जस्ताको तस्तै गाउन सक्ने प्रतिभा उनमा रहेको छ । पुरुषोत्तम न्योपाने, विष्णु खत्री, पशुपती शर्मा, राम्जी खाँड, कुलेन्द्र वि.क., राजन ठकुरी, विमल डाँगी, एक नारायण भण्डारी, राजु परियार र आफ्नो समेत गरी दश जनाको आवाज उनले जस्ताको तस्तै निकाली पुरा गीतनै गाउन सक्छन् । प्रतिभा भएर पनि साँगीतिक क्षेत्रमा हुने भेदभावका कारण देश, विदेशमा हुने कार्यक्रममा सहभागी हुने मौका भने उनले विरलै पाउने गरेका छन् । त्यसो त प्रयाप्त अवसर दिएको अण्डमा नेपाली साँगीतिक क्षेत्रमा केहि परिवर्तन गर्ने सक्ने खुबि उनमा रहेको उनका सहयात्री संगतिकर्मीहरुले स्विर्काछन् । लोक दोहोरी गीतको उर्वरभुमी पोखरा अनि समग्र पश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरमा स्थापीत हुने अभिलाषा लिएर उनी अगाडि बढिरहेका छन् ।

बुबा पद्मबहादुर र आमा रिमाको कान्छो सन्तानको रुपमा बिचारी चौतारा–९, स्याङजामा २०४५ साल मंसीर महिनामा जन्मिएका कार्की बाल्यकालदेखि नै गीत–संगीतको क्षेत्रमा रुचि राख्ने गर्दथे । गाउँमा हुने विभिन्न प्रतियोगीतामा भाग लिई पुरस्कार जित्न सफल भएका उनी लोक तथा दोहोरी गीतको क्षेत्रमा अगाडी बढ्न चाहन्थे । पढाइको शिलशिलामा बाग्लुङ बस्नेक्रममा उनको यात्राको शुभारम्भ भएको हो । जब बाग्लुङबाट पोखराहुँदै उनी क्यारियर निर्माणका लागि राजधानी काठमाडौ छिरे, त्यसपछि उनको जीवनले कोल्टे फेर्यो ।
जब काठमाडौको भीडमा उनको भेट विष्णु खत्रीसँग भयो, त्यसपछि उनको यात्राले नयाँ मोड लिन पुगेको हो । एकवर्ष खत्रीसँगै बसे । धेरै कलाकार चिन्ने मौका पनि प्राप्त गरे । साथमा धौलागीरी क्यासेट सेन्टरमा मिडिया मेनेजरको रुपमा काम गरे । जसले सांगीतीक यात्रामा अगाडि बढ्र्न सजिलो भयो । दुईवर्ष काठमाण्डौको बसाईपश्चात् अध्ययन तथा आफ्नो यो यात्रालाई निरन्तरता दिन पोखरा रही अगाडि बढीरहेका छन् । हालसम्म लगभग एक सय भन्दा बढी यिनले आवाज र लय संकलन गरेका गीत बजारमा आइसकेका छन् भने एकदर्जन गीतमा शब्द सिर्जना समेत उनले गरेका छन् ।
२०६३ सालमा ‘कस्लाई दिनु दोष’ एल्बमबाट औपचारीकरुपमा सांगीतिक यात्रा प्रारम्भ गरेका यिनले २०६३ सालमा नै ‘करुवाको जल’ एल्बम निकालेका थिए । यी एल्बमबाट सफलता मिले पश्चात थप उर्जा यिनमा थपियो २०६५ सालमा ‘छोराले बाहु भुल्ने बेला भो’ एल्बम बजारमा ल्याए यसरी यिनको लोकप्रियता चुलिदै गएको थियो । त्यसपछि आएका भाउजुको भाई राम्रो, सुःख दुःख साट्न पाइएन, फेरी भेट हुन मन लाछ, मनको रहर, साचे झै भएत, आँखा झिमिझिमि, सिसा जस्तै फुटेको लगायतका गीत बढी मात्रामा चर्चीत बनेका थिए । उनले आवाज भरेको तिमि सँग नजर जुधाई बोलको सुगम संगीतले समेत उनलाई भर्सस्टाइल गायको उरिचय दिएको थियो ।
रेडीयो सराङकोट मा लोक गीत सम्बन्धि कार्यक्रम प्रस्तोताको रुपमा स्थापना कालदेखी काम गर्दै आएका उनी रुपाहिल दोहोरीसाँझ पोखरामा गीत गाउने गर्दछन् । त्यसोत यसअघि विसौनी दोहोरीसाँझ र फेवा दोहोरीमा समेत उनले गीत गाइसकेका छन् ।

आफुले सिर्जना गरेको गीत सकेसम्म आफैले आवाज दिनुपर्ने जसले गर्दा गीतको मर्म नमर्ने तर्क यिनको छ । केही गितमा अभिनय गर्न समेत भ्याएका कार्की स्टेज तताउने नाच्न मिल्ने रमाइला गीत सिर्जना गर्ने रुचाउँछन् । देउराली, तपाईको स्वर हाम्रो सन्देश नामक रेडियो कार्यक्रममा पनि प्रतिभा प्रस्फुटन गरी यात्रा अगाडी बढाएका यिनी यस्ता कार्यक्रमले नवोदीत प्रतिभालाई अगाडि बढ्न हौसला प्रदान गर्ने बताउछन् । सुरुको एल्बम निकाल्दा लगानी गरे पनि त्यसपछाडि लगानी गर्नु नपरेको तर प्रतिफल भने मिलिरहेको भन्न पछि पर्दैनन् । नवोदित कलाकारलाई बुझेरमात्र यस क्षेत्रमा आउन आग्रह गर्दै ऋण काडेर एल्बम ननिकाल्न सल्लाह दिन्छन् । अडियोको बिक्री कम भए पनि सांगीतिक कार्यक्रम तथा सिआरबीटीबाट राम्रो आम्दानी भएको बताउदै पाइरेसी कम गर्न सरकारले केही व्यवस्था गरे यसको भविष्य उज्वल हुने तर्क गर्ने उनी सदैव श्रोता तथा दर्शकमाझ आफ्ना प्रतिभा पस्कने वाचा गर्छन् ।

popdiary@gmail.com