पोखरामा कोराना भाइरस विरुद्ध सचेतना


पोखरा – हालै देखा परेको कोरोना भाइरसबारे कसरी जोगिने भन्ने बारेमा पोखरामा कोरोना भाइरस सचेतना शिविर सम्पन्न भएको छ ।
बसन्त टे«ड कन्सर्नले आज पोखरामा फेमिली, हेल्थ एण्ड हेप्पिनेस र कोरोना भाइरस सचेतना शिविरको आयोजना गरेको हो । स्कुल अफ ह्याप्पिनेसका संस्थापक एवं माइण्ड केमेष्ट्रि रिसर्च पर्सन हरी सिटौलाले स्वास्थ्य नै धन भएकाले कुनै पनि रोगसँग लड्न पहिला स्वस्थ मानसिकता आवश्यक रहेको औल्याउनुभयो । उहाँले पर्याप्त मात्रमा झोल पदार्थ पिउने, पर्याप्त मात्रामा आराम र पर्याप्त मात्रमा अक्सिजन लिने गर्दा रोगसँग लड्न क्षमता वृद्धि हुने बताउनुभयो । हाल देखापरेको कोरोना भाइरस विरुद्धको एन्टिबायटिक औषधि बन्न समय लाग्ने भएकाले मानसिक रुपमा मनोबल उच्च बनाएर सरसफाइमा विशेष ध्यान दिन सके डराउनु नपर्ने बताउनुभयो । विषादीयुक्त खानेकुरा, अस्त व्यस्त जीवनशैली एवं कमजोर मानसिकता भएका व्यक्तिमा भाइरसको आक्रामण बढी हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष रविन्सन प्रजुले खुशी र आनन्द हुन सके धेरै रोगबाट मुक्ति मिल्ने बताउनु भयो । उत्कृष्ट जीवनयापनका लागि गर्न हुने र गर्न नहुने कुराको नियमलाई पछ्याउन सके मात्रै मानिसको जीवन सुखी र निरोगी हुने उहाँको भनाइ थियो  । मानिसको इच्छा शक्तिबाटै रोगसँग लड्न सक्ने शत्तिको विकास हुने भएकाले आफु भित्रको शक्तिलाई उजागार गर्नु पर्ने बताउनुभयो । 
पोखरा उद्योग बाणिज्यसँग स्वास्थ्य उपसमिति संयोजक राम के.सीले कोरोना संक्रमणको भय र त्रास फैलाउनु भन्दा यसबाट जोगिने विषयमा ध्यान दिएर सचेत बन्नु पर्ने बताउनुभयो । प्रतिभा बोडिङ स्कुलका प्राचार्य विश्व गोपाल पराजुलीले सकारात्मक सोच र चिन्तनले खुशी प्राप्त हुने रोग प्रतिरोधात्मक शक्तिको विकास हुने धारणा राख्नुभयो ।  

कार्यक्रममा शिव शिखर कृषि सहकारीका अन्जना थापा, साहित्यकार सूर्य खड्का विखर्ची, समाजसेवी वेदकुमार श्रेष्ठ लगायतले खुशी र स्वस्थ्य जीवनयापनका लागि अपनाउनु पर्ने कुराहरुको बारेमा जानकारी लिन सफल भएको अनुभव सुनाउनुभयो ।
कार्यक्रमका संयोजक एवं बसन्ट टे«ड कन्र्सनका प्रोपाइटर रवी पौडेलले व्यवसायिक जीवनसँगै आफुले सामाजिक उत्तरदायित्व पुरा गर्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो । उहााले खानपानले मानिसको जीवनमा कस्तो असर पार्छ र त्यसबाट कसरी जोगिने भन्ने विषयमा समेत प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ८० जनाको सहभागिता रहेको थियो ।