पोखरा उद्योग वाणिज्य संघ ६६ औँ वर्षमा


पोखरा – पोखरा उद्योग वाणिज्य संघ ६६ आँै वर्षमा प्रवेश गरेको छ । २०११ सालमा उद्योगी÷व्यवसायीको हकहित रक्षाको लागि स्थापित संघ पोखराको विकास साझेदार पनि हो । पोखराको जेठो सामाजिक संस्थाको हैसियत बनाएको संघको ६६औं वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार संघको सचिवालय गैह्रापाटनमा झण्डोत्तलन गरिएको छ । झण्डोत्तलन कार्यक्रममा संघका पूर्वअध्ययक्षहरु सुरेशकुमार राजभण्डारी, बसन्त उदास, राजेन्द्रकुमार लालचन, कृष्णमोहन श्रेष्ठसहित संघका वर्तमान अध्यक्ष दामु अधिकारी,पदाधिकारी तथा कार्यसमितिका सदस्य एवं साधारण सदस्यहहरुको उपस्थिति रहेको थियो ।
झण्डोत्तलनसँगै संघले आफ्नो ६६आँै वार्षिकोत्सवको उपलक्ष्यमा मानवसेवा आश्रम छोरेपाटनलाई एकथान रेफ्रिजेरेटर पनि बितरण गरेको छ । संघका अध्यक्ष दामु अधिकारीले आश्रमका प्रतिनिधि राजन सापकोटालाई सो फ्रिज हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष अधिकारीले सामाजिक उत्तरदायित्वबहन गर्ने सिलसिलामा योपटक मानव सेवा आश्रमको आवश्यकता अनुसारको सहयोग गरिएको बताए । उनले संस्थाको जीवनमा बुढ्यौलीपन आउनु संस्थाको गतिशिलताको प्रतिक भएको बताए । यता, संघले वार्षिकोत्सवको अवसरमा शनिबार नापतौलका सामानहरुको परीक्षण तथा नविकरण कार्यक्रम पनि आयोजन ग¥यो । गुणस्तर तथा नापतौल कार्यालय कास्की तथा पोखरा भाँडा ब्यवसायी समितिसँगको सहकार्यमा भएको सो कार्यक्रममा नापतौलका सामानहरुको नविकरण तथा परीक्षण गरिएको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नापतौल तथा गुणस्तर कार्यालय पोखराका निरीक्षक युवराज अधिकारीले नापतौलका सामानहरु चुस्तदुरुस्त राख्न आफ्नो कार्यालय पोखरा उद्योग वाणिज्य संघ तथा व्यवसायीहरुसँग समन्वय गर्न तयार रहेको बताए । संघका पूर्वअध्यक्ष सुरेशराज राजभण्डारीले पोखरा उद्योग वाणिज्य संघको विगतका क्रियाकलापको स्मरण गर्दै संघका गतिविधिहरुप्रति सन्तोष व्यक्त गरे । संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले संघलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान दिने सबैको स्मरण गर्दै संघले आउँदा दिनमा पनि रचनात्मक कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गरे । संघका उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संघका गतिविधिहरु सदस्यमैत्री बनाउने प्रतिवद्धता जनाइन् ।
संघले वार्षिकोत्सवकै अवसरमा शुक्रबार महिला उद्यमीहरुको लागि वित्तीय साक्षरता र उद्यमशीलता विषयक अन्तरक्रियाका साथै पोखरा उद्योग वाणिज्य संघ सफल महिला उद्यमी सम्मान –२०६६ अर्पण कार्यक्रमसमेत सम्पन्न गरेको छ ।