पोखरा म्याराथनमा टोल–टोल बाट सहभागी हुन प्रमुख जिशीको आह्वान


पोखरा- पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशीले १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन पोखराबासीलाई आह्वान गरेका छन ।
पोखरा महानगरपालिकामा महानगरका विभिन्न वडाका अध्यक्षहरुलाई सम्वोधन गर्दै प्रमुख जिशीले पोखरा म्याराथनलाई सफल बनाउन नगरवासीहरु एकजुट हुनुपर्ने बताए । “पोखरा म्याराथन सफल बनाउन टोल–टोल र गल्ली–गल्ली बाट पोखरा म्याराथनमा सहभागी हुन म सबैलाई आग्रह गर्छु” उनले भने–“स्वास्थ संगै पोखराको प्रवर्द्र्धन गर्न म्याराथनले भूमिका खेल्ने छ ।”
पोखरा म्याराथनका आयोजक भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले सबैको साथ र सहयोगले पोखरा म्याराथनले भब्य सफलता पाउने विश्वास व्यक्त गरे । उनले पोखरा म्याराथनमा विशिष्ट व्यक्तित्वहरुको सहभागिताले समेत अन्तर्राष्ट्रिय रुपमानै स्थापित हुँदै गएको बताउँदै यसलाई सफल बनाउन वडा अध्यक्षहरु संग आग्रह गरे । पोखरा म्याराथनले नेपाल भ्रमण वर्षलाई सफल पार्न अहम भुमिका खेल्ने बताए ।

युनेष्कोका पुर्व अध्यक्ष डेभिडसन म्याराथनमा सहभागी हुन पोखरामा

युनेष्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्न १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन आज पोखरा आइपुगेका छन ।
पोखरा म्याराथन मार्फत विश्व शान्तीको कामना गर्न पूर्व अध्यक्ष डेभिडसन पोखरा आएका हुन । पोखरा विमानस्थलमा मञ्चका अध्यक्ष तेज गुरुङ लगाएतले उनलाई स्वागत गरेका थिए ।
उनले पोखरा विमानस्थलमा ओर्लिए पछि छोटो कुराकानीमा पोखरा म्याराथनमा सहभागी हुन मात्रै नभई पोखरा जस्तो सुन्दर शहरमा आउन पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए ।
फागुन ३ गते हुने म्याराथनमा पूर्व अध्यक्ष डेभिडसनले शान्तीको कामना गर्दै पिस टर्च बाल्ने र आफ्नो सहभागिता जनाउने छन । पोखरा म्याराथनमा पहिलो पटक उच्च स्तरिय व्यक्तित्व आउनुु पोखरेली सबैका लागि गौरवको विषय रहेको मञ्चका अध्यक्ष गुरुङले बताए ।

पोखरा म्याराथनको प्रत्यक्ष प्रसारण पोखरा टिभीले गर्ने

भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने १४ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रत्यक्ष प्रसारण पोखरा टिभीले गर्ने भएको छ ।
म्यारथनको प्रत्यक्ष प्रसारण गर्न मञ्चका अध्यक्ष तेज गुरुङ र पोखरा टिभीका तर्फ बाट अध्यक्ष मनोज गुरुङले संयुक्त रुपमा हस्ताक्षर गरेका छन ।
सम्झौता पछि कुरा गर्दै पोखरा टिभीका अध्यक्ष गुरुङले पोखराको गौरवको रुपमा रहेको पोखरा म्याराथनलाई आफ्नो टेलिभिजन मार्फत प्रसारण गर्न पाउनु सुखद रहेको बताए । उनले स्थानिय तहमा हुने खेल गतिविधीलाई व्यवसायिक रुपमा भन्दा पनि सहयोगी हातका रुपमा अघि बढाएको भनाई राखे ।
मञ्चका अध्यक्ष गुरुङले पोखराको आफ्नै स्थानिय टेलिभिजनले म्याराथन प्रसारणका लागि देखाएको अग्रसरताले खेल बिकासका लागि महत्वपुर्ण हुने बताए । पोखरा म्याराथन सफल बनाउन स्थानिय संचार माध्यमको भुमिका स¥हानिय रहेको बताउँदै सबैलाई आभार व्यक्त गरे ।