महिला शसत्तिकरण सम्बन्धी कार्यशाला सम्पन्न


राजाराम पौडेल,पोखरा – पोखरामा महिला शसत्तिकरण सम्बन्धी दूई दिने कार्यशाला सम्पन्न भएको छ । अमेरिकाको क्यालिफोनियामा रहेको विल्डिङ एजुकेशनको आयोजनामा यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यशालामा ५० जना विपन्न समुदायका महिलाको सहभागीता रहेको थियो । विभिन्न विषयबस्तुको बारेमा महिलालाई जानकारी गराएर उनीहरुको नेतृत्व, व्यक्त्तित्व र कार्यक्षमतालाई विकास गर्नको लागि कार्यशाला आयोजना भएको थियो । कार्यशालामा पोखराका आश्विन कार्कीले महिनावारी सम्बन्धमा, काठमाण्डौका निर्जला ताम्राकारले चुनौतिपुर्ण यात्राको सन्र्दभमा, पोखराकी जसु गुरुङले सफलता र सर्घषको यात्राको बारेमा, काठमाण्डौका दिव्याश गिरी र प्रियशा मर्हजनले व्यवसायिक रणनितिको बारेमा सहजिकरण गरेका थिए ।

विल्डिङ एजुकेशनका प्रमुख विन्डी सिउले महिला शसत्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले यो कार्यशाला पहिलोपटक पोखरामा गरिएको बताइन् । ८ वर्षको उमेरमा आमा गुमाएकी सिउले सन् २०१४ देखि नेपालमा महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएकी छन् । ‘महिलाहरुलाई तालिम प्रदान गरी उनीहरुलाई आत्मनिर्भर बनाउदै जिविकोपार्जनमा सघाउन सकिन्छ भनेर कार्यक्रम गरिएको हो’ उनले भनिन् । सिकेका कुरालाई व्यवहारमा लागू गर्न सहभागीलाई उत्पेरित गरेको उनले बताइन् । संस्थाका उपप्रमुख फोओना लिको संयोजकत्वमा कार्यक्रम आयोजना भएको थियो । कार्यशालाको समापनमा गण्डकी प्रदेशका सांसद राजिव पहारीले उत्पेरणामुलक मन्तव्य राखेका थिए ।

कार्यशालालाई सफलता पदान गर्न स्वयंसेवकको रुपमा युकेका डान राइट, अमेरिकाका पिटर गर्गुली, हङकङका केट चन, काठमाण्डौका दिल थापा र पोखराका दिपक गुरुङले सघाएका थिए । विल्डिङ एजुकेशन संस्था मार्फत पोखरा तथा गोरखामा विपन्न वर्गका ७० जना बालबालिकालाई लामो समयदेखि सहयोग समेत गर्दै आएको प्रमुख विन्डी सिउले बताइन् । उनी पोखरामा शनिबार आयोजित सफल पोखरा अन्तराष्ट्रिय म्याराथुन प्रतियोगीताको १० किलोमिटर दौडमा सेकेन्ड रनर्सअप समेत भएकी थिइन् । महिला शसत्तिकरण सम्बन्धी कार्यशालालाई आगामी दिनमा समेत निरन्तरता दिने तयारी आफुहरुको भएको उनले जनाइन् ।