जनताको जिवनस्तर उकास्ने गरी काम गर्न प्रदेश प्रमुख शेरचनको आग्रह


पोखरा – गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जनताको जिवनस्तर उकास्ने गरी प्रदेश सरकारले काम गर्न आग्रह गरेकाछन्। गण्डकी प्रदेश सरकार स्थापनाको दोश्रो बार्षिकोत्सव समारोहमा वोल्दै प्रदेश प्रमुख शेरचनले जनताका धेरै इच्छा र आकांक्षा हुने हुदा लोकतन्त्र स्थापना भएको देशमा अझ बढी प्रदेश सरकारहरु सक्रिय भई जनताको जिवनस्तर माथि उठाउने गरी काम गर्न आग्रह गरेका हुन्।

संघियता कान्वयनमा हाल केही चुनौती देखा परेकोले २०६२÷०६३ सालको जस्तै राष्ट्रिय एकता आजको आवश्यकता भएको प्रदेश प्रमुख शेरचनको भनाई थियो । संघियताको नयाँ व्यबस्थापनमा प्रदेश सरकारको मुख्यकार्यभार रहेको उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशमा धेरै सम्भावना भएकोले त्यसको उचित प्रयोग गरी नमुना प्रदेश बनाउन तर्फ प्रदेश सरकारलाई शुभकामना समेत दिए । प्रदेश सरकारले गरेका कामको मुल्याङकन र अनुगमन गर्दै अनियमितता भएका खण्डमा कारवाही समेत गर्ने अबस्थामा नचुक्न प्रदेश प्रमुख शेरचनले आग्रह गरे ।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले सरकारले घोषणा गरेको कार्यक्रम जनजताले महशुस हुने गरी कान्वयन गर्न आग्रह गरे । उनले भने “ सरकारले हरेक बर्ष धेरै राम्रा र मिठा मिठा कार्यक्रम ल्याएको छ तर कान्वयनमा कति आए आएनन त्यसको सरकारले आफै मुल्याङकन गरोस हामीले आलोचना गर्नु भन्दा पनि जनताले मशुस हुने गरी प्रदेश सरकारले काम गर्नुपर्छ । ” अझै पनि केही मुद्धामा संघिय सरकारले बढी अधिकार राख्ने गरेकोले त्यसको लागि मुख्यमन्त्रीले आवाज उठाएको ठाउँमा आफुहरुले समेत साथ र सहयोग गर्ने नेता नेपालीले बताए । केही कम्पनीलाई प्रभावमा पारी नितीगत आफ्नो पक्षमा पार्ने प्रबृत्ति भएको टिप्पर्णी गर्दै नेता नेपालीले यूनिक कार्यक्रम ल्याउन आग्रह गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब कसैलाई दोष देखाएर आफुहरु उम्कन नमिल्ने बताउदै प्रदेशलाई पुर्ण रुपमा सफल बनाएरै छाडिने प्रतिबद्धता व्यक्त गरेका छन । प्रदेश सरकार गठनको पहिलो दिन देखि दुःख पाएको गुनासो गर्दै मुख्यमन्त्री गुरुङले हाल धेरै हिसावले प्रदेश सरकार सक्षम र आत्मनिर्भर तर्फ उन्मुख भएको बताए । साझा अधिकारको सभालमा स्थानिय, संघिय प्रदेश सरकारको प्रयाप्त मात्रमा छलफल आवश्यक भएको बताउदै मुख्यमन्त्री गुरुङले यसमा संघिय सरकारले समयमै कानुन ल्याउनु पर्नेमा जोड दिए । संघिय शासन प्रणालीलाई केहीले बदनाम गर्न लागेको आरोप लगाए ।

प्रदेश सरकारले पहिलो बर्ष घोषणा गरेको दुई बर्ष भित्रमा प्रदेशमा आधारभुत खानेपानी र उज्यालो प्रदेश बनाउने घोषणा गरे पनि स्थानिय तहले समयमै प्रदेश सरकारसंग उचित ढंगले समन्वय गर्न नसक्दा आगामी एक बर्ष भित्र आधारभुत खानेपानी र उज्यालो प्रदेश घोषणा हुने गरी सरकार लागेको मुख्यमन्त्री गुरुङले जनाए । अझै पनि प्रदेशका १४.५ प्रतिशत जनताले कुवा, इनारको खानेपानी प्रयोग गर्ने हुदा उनीहरुलाई समेट्न १ सय ३० परियोजना मार्फत आगामी दुई बर्ष भित्र पुरा हुने गरी एक घर एक धारा अभियान समेत संचालन गर्ने भएको मुख्यमन्त्री जनाए । ९१ वटा आयोजना मार्फत २३ हजार ७ सय धारा निर्माण गरिएको उनले बताए । २ लाख ७४ हजार जनसङख्या यसबाट लाभान्वित भएको मुख्यमन्त्री गुरुङले जनाए । हाल ९ सय ४० आयोजना भने निर्माणाधीन अबस्थामा रहेकोमा ८० भन्दा बढी यसै आर्थिक बर्षमा सम्पन्न हुने अबस्थामा रहेको उनले जनाए ।

प्रदेश सरकार गठन भएको दुई बर्षमा सरकारले २ सय १४ वटा कार्य प्रगति गरेको मुख्यमन्त्री गुरुङले जनाए । कानुनको अभावमा अध्यारोमा कुनै कुरा छाम्न नपर्ने अबस्था भएको मुख्यमन्त्री गुरुङले दाबी गरे । प्रदेशको सफलतासंगै संघीय शाशन व्यवास्थाको सफलता गासिएको बताउदै मुख्यमन्त्री गुरुङले सहकारिता, सहअस्तित्व र समयन्वयको सिद्धान्तको आधारमा संघ, प्रदेश र स्थानीय तहको सम्वन्ध स्थापित गर्नुपर्नेमा जोड दिए । विभिन्न क्षेत्र समुदाय र बर्गको सुझाव, सल्लाहलाई आत्मसाथ गर्दै समृद्ध प्रदेश सुखी नागरिकको आकांक्षा सफल पार्न सरकार तत्पर रहेको उनले जनाए । पहिलो बर्ष कानुन बर्षको रुपमा, दोश्रो बर्षमा जग्गा प्राप्ती समस्या रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले संघिय सरकारले हाल प्रदेश सरकारलाई जग्गा उपलब्ध गारउन थालेकोले अब धेरै सहज हुने विश्वास व्यक्त गरे । २७ वटा योजना जग्गा प्राप्तीको लागि सरकारले योजना अघि सारेको उनले बताए ।

प्रदेश सरकारको कार्यदिशा

प्रदेश सरकारले आर्थिक बर्ष २०८०÷०८१ भित्र बहुआयामिक गरीबीको सूचकाङक् १४.२ प्रतिशतबाट ७ प्रतिशतमा झार्ने, प्रदेशको बार्षिक औसत आर्थिक बृद्धिदर १०.२ प्रतिशतमा पु¥याउने, सबै निर्वाचन क्षेत्रलाक्ष्ई सडक सञ्जालले जोड्ने, एक निर्वाचन क्षेत्र—एक सडक निर्माण गर्ने, प्रदेश भित्रका सवै स्थानीय तहका प्रशासकीय केन्द्र जोड्ने सडक निर्माण गर्ने लक्ष्य राखेको छ । त्यसै गरी आगामी आर्थिक बर्ष भित्र गण्डकी प्रदेश उज्यालो प्रदेश बनाउने, प्रदेशका सबै घर परिवारमा आधारभूत खानेपानी सुविधा पु¥याउने, प्रदेश सरकारबाट घोषित एक घर एक धाराको लक्ष्य आर्थिक बर्ष २०८०÷०८१ भित्र पूरा गर्ने,

आर्थिक बर्ष २०८०÷०८१ भित्र प्रदेशको खाद्यान्न उत्पादन दोब्बर बनाउन कृषि प्रणालीलाई यात्रिकीकरण, व्यवसायीककरण र आधुनिकीकरण गर्ने, मुटु, मृगौला, कलेजो, क्यान्सर जस्ता जटिल रोगको उपचतार गर्न विशिष्टिकृत स्वास्थ्य सेवा संचालन गर्ने, प्रदेश भित्र बार्षिक २० लाख पर्यटक भित्राउने, पोखरामा अत्याधुनिक सुविधा सम्पन्न अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्न, प्रदेशस्तरिय २ औधोगिक क्षेत्र र सम्भावना देखिएका ५१ स्थानिय तहमा औधोगिक ग्राम स्थापना गर्ने, पोखरामा बहुसांस्कृतिक ग्राम र जूलोजिकल पार्क स्थापना गर्ने, प्रदेश स्तरिय बसपार्क पोखरा महानगरको सहकार्यामा नगर बसपार्क निर्माण गरिने, प्रदेश प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने योजना रहेको छ । त्यसै गरी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा साविक लेखनाथमा बाल अस्पताल सञ्चालन गर्ने, यसै बर्ष गण्डकी विश्वबिद्यालय, गण्डकी प्राविधिक प्रतिष्ठान, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकी बिज्ञान तथा प्रबिधि प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने, यसै बर्ष पोखरा ३३ पशुपतिघाँटमा अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशालाको निर्माण गर्ने, फेवातालको संरक्षण र सम्बद्र्धन गर्न यसै बर्ष सिमाङकनको कार्य प्रारम्भ गर्ने योजना रहेको छ ।