कास्की समाज स्पेनको तेस्रो अधिबेशन:- युरोपभरका कस्केलीहरु भेला हुँदै


 बार्सिलोना। कास्की समाज स्पेनको तेस्रो अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको छ। स्पेनको बार्सिलोनामा बुधबार एक भब्य कार्यक्रमबीच हुन लागेको समाजको अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको हो। कार्यक्रममा युरोपभर रहेका कस्केलीहरुले पनि सहभागिता जनाउने भएका छन्। समाजका अध्यक्ष केदारनाथ ढुंगानाले युरोप लगायत नेपालबाट समेत समाजका केन्द्रिय प्रतिनिधिहरुको सहभागिताले कार्यक्रम सफल हुने बिश्वास ब्यक्त गरे। 

कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय संमन्वय परिषद् अध्यक्ष गोबिन्द पौडेल,उपाध्यक्ष निरज थापा,युरोप उपसंयोजक डिल्लीराम भण्डारी, केन्द्रिय सल्लाहकार रमेश कुमार गुरुङ लगायत एनआरएनए प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ। समाजको तेस्रो अधिबेशनसँगै कास्की आदर्श समाज अन्तर्राष्ट्रिय संमन्वय परिषद्को युरोपेली भेलासमेत हुने बताईएको छ। 

नेपालदेखि आएका समाजका केन्द्रिय उपाध्यक्ष निरज थापालाई बिमानस्थलमा स्वागत गर्दै

अध्यक्ष ढुंगानाले भने,”अहिलेको कार्यसमितिले बिभिन्न सामाजिक कार्यसहित केन्द्रको समेत ध्यानकार्षण गर्न पाएकोमा हामी अत्यन्तै खुशी छौ। स्पेनको कार्यसमितिको यो नै ठुलो सफलताको हो। हामीले दुई बर्षमा थुप्रै कामहरु गरेका छौ। अधिबेशनमा सन्दर्भमा भिडीओमार्फत पनि प्रस्तुत गर्दैछौ।”

स्मारिका बिमोचन:

नेपाली नयाँ बर्षको अबसरमा लगातार दुई बर्षसम्म भित्तेपात्रो प्रकाशन गर्दै आएको समाजले यसपटक स्मारिका प्रकाशन गरेको छ।उक्त कार्यक्रममा  “कास्की आवाज” नाम दिईएको उक्त स्मारिकाको बिमोचन गरिने आयोजकले जनाएको छ। बिभिन्न लेखरचना तथा शुभकामना सन्देशहरुमा स्मारिकामा समाबेश गरिएको छ। 

नयाँ नेतृत्वका लागी कार्की र केसीको रस्साकस्सी 

समाजको अधिबेशन हुन एक दिन बाँकी रहँदासम्म नयाँ कार्यसमितिको टुंगो भने लागेको छैन। बर्तमान उपाध्यक्ष बल बहादुर कार्की र पुर्व कोषाध्यक्ष पुष्प केसीले नयाँ नेतृत्वका लागि दावी गरेका छन्। अध्यक्ष ढुंगानाले समाजिक काम गर्छु भनेर ईच्छा ब्यक्त गर्नु समाजप्रतिको सकारात्मक सोच रहेको बताउदै आज रातिसम्म कार्यसमितिको टुङ्गो लाग्ने बताएका छन्। अध्यक्ष बाहेक अन्य पदहरुमा पनि त्यस्तो दावी देखिएको छैन।

बर्तमान उपाध्यक्ष बल बहादुर कार्की र पुर्व कोषाध्यक्ष पुष्प केसीको नयाँ नेतृत्वका लागि दावी

 अधिबेशनसँगै कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने भएको छ। समाजले स्पेनबासी नेपाली समुदायलाई उपस्थित हुन अनुरोध गरेको छ। 

कार्यक्रमबारे पूर्ण बिबरण 

  • मिति :– १९ फेब्रुअरी २०२०,बुधबार
  • स्थान : (सिसीलियाको हल) Centre Cívic La Sedeta, Carrer de Sicília, 321, 08025 Barcelona Metro :- L5 / L2 Sagrada Família, L4 Joanic,  BUS H8, 47
  • समय : –  साँझ ५:०० बजे देखि 
  • प्रवेश शुल्क :- नि:शुल्क रहने छ।
  • आयोजक:– कास्की समाज स्पेन