परराष्ट्रमन्त्री ज्ञवालीसँग एनआरएनए स्पेनले अन्तरक्रिया गर्दै


बार्सिलोना।  परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग एनआरएनए स्पेनले अन्तरक्रिया गर्ने भएको छ। स्विट्जरल्याण्डमा एक कार्यक्रममा सहभागी बन्न युरोप आउँन लागेका मन्त्री ज्ञवालीसँग संघले शनिबार बार्सिलोनामा एक कार्यक्रमकाबीच भेटघाट तथा अन्तरक्रिया गर्न लागेको हो। 

कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा, गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्त लगायतको उपस्थिति रहने संघले जनाएको छ। अन्तरक्रियामा स्पेन र नेपालको कुटनीतिक सम्बन्ध बिस्तार,एनआरएनए नागरिकता विद्येयक, भम्रण बर्ष २०२० लगायतका बिषयहरुमा गम्भिर छलफल हुने संघका अध्यक्ष दिनेश गुरुङ (देउकाजी) ले जानकारी दिए। उनले कार्यक्रममा सहभागि भई आफ्ना जिज्ञासाहरु राख्न स्पेनबासि नेपाली समुदायलाई अनुरोध गरेका छन्। 

स्रोतका अनुसार मन्त्री ज्ञवालीले आईतबार युरोपमा रहेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तासँग भेटघाट तथा छलफलसमेत गर्ने भएका छन्। मन्त्रीसँग भेटघाट र छलफल गर्न युरोपबाट प्रवासी नेपाली एकता मञ्चनिकट कार्यकर्ताहरु बार्सिलोना आउने क्रम सुरु भईसकेको छ। 

अन्तरक्रिया कार्यक्रमबारे बिबरण 

  • मिति : २२ फेब्रुवरी २०२० , शनिबार
  • समय : दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म 
  • स्थान :  होटल सान्ट पाउ (Hotel Sant Pau) 

Calle sant Antoni María claret 173, 08041 Barcelona

  • आयोजक:– एनआरएनएन स्पेन