गण्डकी प्रदेशमा ६ सय ७९ जना मानवअधिकार उल्लंघन र ज्यादतीबाट पीडित


कास्की – गण्डकी प्रदेशमा सन् २०१९ मा राज्य पक्षबाट २ सय ५ जना र गैरराज्य पक्षबाट ४ सय ७४ गरी ६ सय ७९ जना व्यक्ति मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा पीडित भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलयले गण्डकी प्रदेको मानवअधिकारको अबस्था बारे जानकारी गराउँदै पत्रकार भेटघाट कार्यक्रम मार्फत सो तथ्यांक सार्वजनिक गरेको हो ।
अभिलेख अनुसार गण्डकी प्रदेशमा राज्य पक्षबाट १५ जना महिला र १ सय ९० पुरुष र गैरराज्य पक्षबाट ४ सय १२ महिला र ६२ जना पुरुष पीडित भएका छन् । यस्तै गैरराज्यपक्षबाट १२ जना पत्रकारलाई दुव्र्यवहार गरिएको छ भने राज्यपक्षबाट ६ जनालाई गिरफ्तार गरेको इन्सेकले अभिलेख गरेको छ ।
सन् २०१९ मा बालअधिकार अन्र्तगत भएका ८२ जना बालिका तथा ८ बालक गरी ९० जना बालबालिका पीडित भएको अभिलेख भयो । जस मध्ये बलात्कारमा ४२ जना बालिका पीडित भए भने यौन दुव्र्यवहार घटनामा ३३ बालिका र दुई बालक थिए । महिला अधिकार अन्र्तगत ३ सय १० जना पीडित भएको र सबैभन्दा बढी घरेलु हिसाबाट २३५ जना यस अवधिमा अभिलेख भयो ।
कार्यक्रममा बोल्दैले इन्सेक सदस्य तथा बरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल संविधानबाट प्राप्त अधिकारलाई संघ , प्रदेश र स्थानिय सरकारले कसरी उपयोग गरिरहेका छन् भन्ने विषयलाई गम्भीरताका साथ खोजी गरिनुपर्ने बताउनुभयो ।
‘संविद्यान छ यो संविद्यानबाट बन्नुपर्ने कानुन अझै बनेनन् समस्या यही छ ’,उहाँले भन्नुभयो ‘ बनेका कानुनको परिपालन पनि प्रभावकारी बन्न सकेको छैन ।

मानवअधिकारको पूर्ण प्रत्याभूत गराउन मानवअधिकारकर्मी र मिडियाकर्मी एकजुट भएर संघर्ष गर्नुपर्ने बरालको भनाइ थियो ।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश निर्देशक दिपकजंग ध्वज काकीले नागरिक तथा राजनितिक अधिकारमा क्रमिक सुधार हुदै फेरि असजिलो बाटो तर्फ बढको देखिएको बताउनुभयो ।

पछिल्लो समय मानवअधिकार रक्षक ,पत्रकार , अपाङ्गता , ज्येष्ठ नागरिकहरुका अधिकारहरुलाई कुण्ठित हुदै गएको कार्कीको भनाई थियो ।

गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेश अध्यक्ष बिना सिलवालले सबै तहमा महिला , दलित , जनजाती र अपांङ्गहरुको समान सहभागिता हुन नसकेको भनाई राख्नुभयो ।

विधिको शासन र मानव बिचको दुरी बढेका कारण पनि मानवअधिकारका विषयमा समस्या देखिने गरेको उहाँको भनाई थियो ।

नेपाल पत्रकार महासंघ पूर्व केन्दि«य उपाध्यक्ष गंगाधर पराजुलीले राज्य अभिव्यक्ती स्वतन्त्रता प्रति गम्भीर बन्न नसकेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्की सल्लाहकार रमेश पौडेलले डनबाद र धनवादका बारेमा समाचार लेखेकै कारण पत्रकारहरु पीडित बन्नुपर्ने अबस्था अझै पनि रहेको बताउनु भयो

उहाँले मानवअधिकार र मिडिया एक अर्काका परिपुरक रहेको बताउँदै मानवअधिकारको संरक्षण दुबै पक्ष मिलेर अगाडी बढ्नुपर्ने भनाइ राख्नुभयो ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले तीनै तहका सरकारले जनआकाङ्क्षालाई ध्यान राखी नेतृत्व वर्गबाट निर्वाह हुने जवाफदेही भूमिकाले नै नागरिकको मानव अधिकार संरक्षण हुन गई संविधानको कार्यान्वयन हँुदै संविधानवाद र लोकतान्त्रिक शासन प्रणालीको विकासमा योगदान पुग्न बताउनुभयो ।
उहाँले नागरिक तथा राजनितिक अधिकारमा केही सुधारका संकेत देखिएतापनि र्आिर्थक , सामाजिक , सांस्कृतिक अधिकारका क्षेत्रमा भने अपेक्षाकृत सुधार हुन नसकेको बताउनुभयो।

कार्यक्रममा गण्डकी प्रदेशमा उत्कृष्ट इन्सेक जिल्ला प्रतिनिधि बन्नुभएका नवलपुर जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेलाई नगद रु ७ हजार सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।

गण्डकी प्रदेशमा गत वर्ष राज्य पक्षबाट १२ जना महिला र ६१ जना पुरूष र गैरराज्य पक्षबाट ५ सय १५ महिला र ५२ जना पुरूष गरी ६ सय ४० जना पीडित भएको अभिलेख गरिएको थियो ।